मोरङ्ग । विश्वेश्वरप्रसाद कोइरालादेखि लिएर गिरिजाप्रसाद कोइरालासम्मको राजनीतिक यात्रा शुरु भएको मोरङ्ग कांग्रेस यतिखेर प्रतिनिधिसभा र प्रदेश सभाको चुनावी मैदानमा होमिएको छ । जसले गर्दा नेपाली कांग्रेसका शिर्ष नेताहरु अहिले मोरङको चुनावी मैदानमा दिनरात नभनी तीब्र प्रतिस्प्रर्धामा उत्रिएका छन् ।
यसभन्दा अगाडी देखि कोइरालाहरुको वर्चश्व रहेको मोरङ्ग कांग्रेसमा आन्तरिक व्यवस्थापन यस पटक राम्रो भएको हुँदा पनि चुनावी मैदानमा उनीहरुको चर्चा निकै बढेको छ । कांग्रेसका वामगठबन्धनको जतिसुकै हौवा दिए पनि यस पटकको निर्वाचनमा कांग्रेसलाई भने फरक नपरेको कांग्रेस नेताहरु बताईरहेका छन् । अहिलेसम्म कांग्रेसका शीर्ष नेताहरु सो क्षेत्रबाट निर्वाचित भएर आईरहेका छन् ।
जसअनुसार मोरङ कांग्रेसमा क्षेत्र नं. १ मा डिकबहादुर लिम्बू, क्षेत्र नं. २ मा डा. मिनेन्द्र रिजाल, क्षेत्र नं. ३ मा डा. सुनील शर्मा , क्षेत्र नं. ४ मा अमृत अर्याल, क्षेत्र नं. ५ मा महेश आचार्य, क्षेत्र नं. ६ डा. शेखर कोइराला चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । आ–आफ्नो निर्वाचन क्षेत्रमा रातबिहान नगरी कोणसभा, बुद्धीजीवी भेला, भातृसंस्थाको कार्यक्रम तथा घरदैलो कार्यक्रममा सबै नेताहरु व्यस्त छन् । प्रभावशाली नेताहरुबाट अपार माया पाएको र मोरङ्गका कांग्रेसलाई सधै नेतृत्वमा पु¥याउन सकेकोमा मोरङ्गवासीहरु पनि हर्षित देखिएका छन् । मतदाता भन्छन् “यस पटक पनि हामी कांग्रेसको बर्चश्व कायमै राख्न तल्लिन हुनेछौं ।” विराटनगरमा मोरङ्ग कांग्रेसका हस्तीहरुका रुपमा परिचित नेपाली कांग्रेसमा बौद्धिक व्यक्तित्व डा. शेखर कोइराला यतिखेर मोरङ्ग क्षेत्र नं. ६ मा अत्याधिक चर्चामा रहेका छन् । उनी दिनमा चार घण्टा पनि नसुति मतदाताको घरघरमा पुगेर कांग्रेसलाई मत मागिरहेका छन् ।
कांग्रेस पार्टीभित्र पनि निकै चर्चा र छुट्टै पहिचान बनाउन सफल डा. शेखर कोइराला १३आंै महाधिवेशनदेखि देशव्यापी दौडाहामा रहेका कारण पनि मोरङ्गवासीद्वारा अत्याधिक रुचाइएका व्यक्तिका रुपमा पर्छन् । आफ्नो नित्य कर्म सबै काम भ्याएर सबेरैदेखि चुनावी सभा, घरदैलो, भेटघाटमा व्यस्त रहने गरेका छन् । यही क्रममा कोइरालासँग नयाँ बिकल्प साप्ताहिकले छोटो कुराकानी गरेको बेला कोइराला भन्छन्, “लोकतान्त्रिक मूल्य, मान्यताको हिमायती कांग्रेस नजित्नै कुरै छैन ।” कांग्रेसले नेपालको कम्युनिष्टहरुले जस्तै नेपाली जनताको हत्या, हिंसा गर्दै नहिँडेको, नेपाली जनतालाई दुःख नदिएको, नेपालको राजनैतिक परिवर्तनमा अह्म भूमिका खेलेकोले कांग्रेसकै बहुमत आउँछ ।
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो...
काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक बुधबार छुट्टाछुट्टै बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११...
वीरगञ्ज : भारत सरकारले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक हस्तान्तरण गरेको छ । भारतका वीरगञ्जस्थित महावाणिज्यदूत देवी सहाय मीणाले...