काेराेना जाेखिमका कारण सर्वोच्च अदालतमा १८ माघसम्म सेवा कटौती – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

काेराेना जाेखिमका कारण सर्वोच्च अदालतमा १८ माघसम्म सेवा कटौती

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सर्वोच्च अदालतको बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र नियमितरूपमा सुनुवाइ गर्ने र अन्य सेवा आज (बुधबार)देखि कटौती गरिएको जानकारी दिएको छ ।

मंगलबार सर्वोच्च अदालतमा बसेको पूर्ण बैठकले निर्णय गर्दै बुधबारदेखि लागू हुने गरी माघ १८ गतेसम्मका लागि सेवा कटौती गर्ने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो अवधिमा मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाही नियमितरूपमा सञ्चालन हुने, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदन तथा प्रतिवेदनउपर सुनुवाइ हुनेछ जानकारी दिएका थिए।

त्यस्तै उच्च र जिल्ला अदालत, अरु न्यायाधीकरणको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्था तथा सङ्क्रमित भएको अवस्थासमेतको मूल्याङ्कनका आधारमा कामकारबाही गर्ने व्यवस्था मिलाउने बैठकले निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ माघ ५, ०९: ०६

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ माघ ५, ०९: ०६

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०७८ माघ ५, ०९: ०६

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...