कोञ्ज्योसोम घटनाः पाँचै जनाको निसासिएर ज्यान गएको पुष्टि – Naya Bikalpa
April 27, 2024, Saturday

कोञ्ज्योसोम घटनाः पाँचै जनाको निसासिएर ज्यान गएको पुष्टि

ललितपुर । ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा एकै परिवारका पाँच जनाको ज्यान गएको छ । कोइला बालेर सुतेकाले ‘कार्बन प्वइजिङ’ अर्थात निसासिएर ज्यान गएको प्रहरीले जानकारी दिएको हो ।

ललितपुर प्रहरीका अनुसार उक्त परिवारका २२ वर्षीय सुभाष तामाङ बेहोस भएको र उनको उपचारमा संलग्न ललितपुरस्थित पाटन अस्पतालका डाक्टरले ज्यान जानुको अन्य कुनै कारण खासै नदेखिएको र उनीहरुको निसासिएर ज्यान गएको बताइएको छ भने गम्भीर अवस्थाका तामाङको अहिले पनि उपचार चलिरहेको प्रहरीले बताएको हो ।

आइतबार बेलुका खाना खाएर कोइला बालेर सुतेकाले आवश्यक भेन्टिलेटर नभएकोले निसासिएर ज्यान गएको बताइएकोे छ । बेलुका खाना खाएर सुतेका काइली स्याङ्तान, बुहारी शुष्मा, नाति आशिष, नातिनी आश्मा र दुई दिनको शिशुको ज्यान गएको हो ।

सम्बन्धित समाचार

नेपालमा उत्पादन हुने जलविद्युतसहित हाइड्रोजन संसारकै सस्तो
नेपालमा उत्पादन हुने जलविद्युतसहित हाइड्रोजन संसारकै सस्तो
  • २०७८ फाल्गुन २३, १४: ३५

काठमाडौं। नेपालमा जलविद्युत् मात्रै नभएर हाइड्रोजन, सोलार, विण्ड जस्ता वैकल्पिक ऊर्जा उत्पादन संसारकै सस्तो भएकाले यसमै लगानी र प्रयोगमा जोड...

किसान महासंघद्वारा शुभकामना कार्यक्रम
किसान महासंघद्वारा शुभकामना कार्यक्रम
  • २०७८ फाल्गुन २३, १४: ३५

काठमाडौं । नेपाल किसान महासङ्घले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नयाँ वर्ष २०८१को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।...

डा.शेखरको प्रश्न– डढेलोबाट अर्बौंको नोक्सानी हुँदा नियन्त्रण गर्न सरकार किन असंवेदनशिल?
डा.शेखरको प्रश्न– डढेलोबाट अर्बौंको नोक्सानी हुँदा नियन्त्रण गर्न सरकार किन असंवेदनशिल?
  • २०७८ फाल्गुन २३, १४: ३५

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता डा.शेखर कोइरालाले देशब्यापी रुपमा डढेलो र आगलागीकाट घटनामा बृद्धि भइरहँदा त्यसलाई नियन्त्रण गर्न सरकार...