भरतपुर कांग्रेसका वडा सभापतिहरूले गरे चुनावी तालमेलका नाममा गठबन्धन नमान्ने निर्णय – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

भरतपुर कांग्रेसका वडा सभापतिहरूले गरे चुनावी तालमेलका नाममा गठबन्धन नमान्ने निर्णय

चितवन । सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी निर्वाचनमा सबै स्थानीय निकायहरुमा आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने निर्णय गरी सकेका छन् । गबन्धनका शीर्ष नेताहरुले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई गठबन्धनका उम्मेदवारहरुलाई जिताउन सयुक्त उपीलसमेत गरिसकेका छन् ।

गठबन्धनका दलहरु नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले चितवनको भरतपुर महानगरपालिकामा आफ्नो नेतृत्व आफ्नो पक्षमा हुनु पर्ने दाबी गरिरहेका छन् । यसअघि नेकपा माओवादी केन्द्रले जितेको महानगरमा माओवादीले अहिले पनि महानगरको नेतृत्व आफ्नो पक्षमा हुनुपर्ने दाबी पेश गर्दै आएको छ ।

स्थानीय गठबन्धनका नेता तथा कार्यकर्ताहरु आ–आफ्नो नेतृत्व हुनुपर्ने दाबा पेस गरिरहेकाले गठबन्धनमा भरतपुर महानगरपालिकाको नेतृत्वबारे पेचिलो बन्दै गएको छ । महानगरको टिकट नेपाली काँग्रेसको केन्द्रले सिफारिस गर्ने भएकाले चितवनका स्थानीय नेता तथा कार्यकर्ताहरुको एक डेलिगेशनको टोलीले प्रधानमन्त्री देउवासहितका केन्द्रीय नेताहरुलाई भेटेर फर्किसकेका छन् ।

यता, चितवन काँग्रेसले केन्द्रीय गठबन्धनले चुनावी तालमेल गरे पनि भरतपुरको नेतृत्वमा नेपाली काँग्रेसले उक्त निर्णय नमान्ने बताएको छ । नेपाली कांग्रेसको भरतपुर महानगरपालिकाका वडा सभापतिहरुले महानगरपालिकाको कुनै पनि पदमा गठबन्धन नगर्न पार्टी नेतृत्वलाई पहिले देखि नै खबरदारी गरिरहेका छन् ।

हालै नेपाली काँग्रेस कार्यालय भरतपुरमा २७ जना वडासभापतिको बैठकले महानगरपालिकाको मेयर, उपमेयर, वडाअध्यक्ष र वडासदस्य सबै पदमा पार्टीकै उम्मेदवार हुनुपर्ने निर्णय गर्दै कुनै पदमा तालमेल गरी अरु दललाई दिएमा स्वतन्त्र उम्मेदवारी दिने चेतावनी निर्णय गरेका छन् ।
वडा सभापतिहरुले निर्णय गरेर चितवन जिल्ला सभापति राजेश्वर खनाललाई बुझाएका हुन् । सभापति खनालले उक्त निर्णयसहितको पत्र आफुले पाएको र यसलाई प्रदेश कार्यसमिति मार्फत केन्द्रमा पठाइने बताए । यसअघि पनि चितवन काँग्रेसले पार्टी केन्द्रलाई पटकपटक यसबारे जानकारी गराइसकेकाले पार्टी केन्द्र स्थानीय पार्टी समितिको भावना विपरित नजाने बताए ।

यस्तो छ निर्णय…

सम्बन्धित समाचार

यस्ता छन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका ६ अध्यादेश
यस्ता छन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका ६ अध्यादेश
  • २०७८ चैत्र २९, १८: २५

काठमाडौं : संघीय संसद बैठक आह्वान गरेकाे भाेलिपल्टै स्थगित गरेकाे सरकारले विभिन्न ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको...

यी स्थानमा आज वर्षाको सम्भावना
यी स्थानमा आज वर्षाको सम्भावना
  • २०७८ चैत्र २९, १८: २५

काठमाडौं : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम...

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ चैत्र २९, १८: २५

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...