
धनकुटा । नेपाली काँग्रेस केन्द्रीय सम्पादन समितिका सदस्य तथा पूर्वमन्त्री सुनिल कुमार थापाले नेकपा एमालेबाट २०७४ सालमा जितेका जनप्रतिनिधिहरुले जनताको चाहाना र भावना अनुसार काम नगरेको आरोप लगाएका छन् । नेपाली काँग्रेस धनकुटाको घर–घर जाऔं, काँग्रेस जिताऔं अभियानको एक महिने अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै थापा नेकपा एमालेबाट स्थानीय तहको नेतृत्व गरेका प्रतिनिधिले जनताको चाहाना र आवश्यकताअनुसारको विकास निर्माण नगरेकाले अब नेपाली काँग्रेसलाई जिताउँन आग्रह गरेका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका सदस्य तथा धनकुटा जिल्लाका लागि यस अभियानका केन्द्रीय प्रतिनिधि राम हरी खतिवडाले दुई तिहाई हुदा समेत नेकपा एमाले सरकार र संसद संचालन गर्न असफल भई सत्ता च्यूत भएकोले अव नेपाली मतदाताहरुले कांग्रेसलाई भोट दिएर जिताउन अनुरोध गरे ।
त्यसैगरी नेपाली कांग्रेसका पूर्व केन्द्रीय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठले यस पटक नेपाली कांग्रेसले जित्ने व्यक्तिहरुलाई उम्मेदवार दिने बताए । घर घर जाऔ, कांग्रेस जिताऔं अभियानले धनकुटा जिल्लाभरीनै कांग्रेसलाई सक्रिय बनाउदै सवै कांग्रेसजनमा नया उत्साहका साथ जनलहर कांग्रेसको पक्षमा आएकोले धनकुटा जिल्लामा निर्वाचन जित्ने वातावरण बनेको जिल्ला सभापती दिनेश राईले बताए ।
नेपाली कांग्रेस धनकुटाले संचालन गरेको एक महिने घर घर जाऔ कांग्रेसलाई जिताऔ अभियानमा धनकुटा जिल्ला भरीबाट नेकपा एमाले लगायत विभिन्न पार्टी परित्याग गरी १ हजार ३ सय ५६ जना नेपाली कांग्रेसमा प्रवेश गरेको जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिए ।
धनकुटा जिल्लाभरी पालिका, वडा र टोलस्तर सम्मको कार्यक्रमहरु यस अभियान अन्र्तगत धनकुटामा संचालन भएको र प्रत्येक मतदातासम्म पुग्न काग्रेसजन सफल भएकोले अभियान ज्यादै उपलब्धिपूर्ण भएको जिल्ला सचिव जयन्द्र घिसिङले बताए ।
नेपाली धनकुटा जिल्लाका सभापति दिनेश राईको अध्यक्षतमा सम्पन्न भएको समापन कार्यक्रममा नेपाली कांग्रेस १ नम्वर प्रदेश कार्यसमितिका सदस्य मिना तुम्बा, नेपाली कांग्रेस धनकुटाका उपसभापति निर्मल प्रसाद ओझा, जिल्ला सचिव विजय सन्तोषी राई, अर्का सचिवजयन्द्र घिसिङ्ग लगायतले एक महिना सम्म धनकुटामा संचालन भएको घर घर जाऔ कांग्रेस जिताऔ अभियानले धनकुटा जिल्लाभरीनै कांग्रेसको पक्षमा जनलहर ल्याएकोले निर्वाचन जित्न दाबी गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश कार्य समितिका सदस्यहरु नविन किशोर शाक्य, गोविन्द्र लिम्बु, पूर्व सभापति अग्नी प्रसाद पौडेल, महासमिति सदस्यहरु आनन्द सन्तोषी राई, सिता प्रधान, सुमना तिम्सिना, महेन्द्र निरौला, जिल्ला उपसभापति सनिल कुमार डंगोल, सहसचिव गिरिजा प्रसाद दाहाल, प्रवक्ता खगेन्द्र प्रसाद घिमिरे, क्षेत्रिय सभापति प्रदेश सभा ‘क’ का जितेन्द्र राई, ‘ख’ का राजन पौडेल, धनकुटा नगर कार्यसमितिका सभापति नरेश श्रेष्ठ, उपसभापति अमित लो तामांग, महालक्ष्मी नगर कार्यसमितिका सभापति ध्रुव राज राय, सहिदभूमी गाउपालिकाका सभापति टंक राई, छथरजोरपाटी गाउपालिकाका सभापति छत्र सुब्बा, पाख्रिवास नगर कार्यसमितिका सचिव विर वहादुर थापा, नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोंग, नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमला, नेपाल निर्माण व्यावसायी संघ धनकुटाका अध्यक्ष अर्जुन के सी, नेविसंघ धनकुटा वहुमुखी क्याम्पसका सभापति सुवास भण्डारी, नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र सुब्बा लगायतले अभियानले कांग्रेसजनमा उत्साह थपिएको बताएका थिए ।
समारोहमा नेपाल शिक्षक संघ धनकुटाको ९ औ जिल्ला अधिवेशनबाट निर्वाचित कार्य समिति र संघिय प्रतिनिधि तथा प्रदेश महाधिवेशन प्रतिनिधिहरुलाई नेपाली कांग्रेस धनकुटाले खादा माला तथा टिका लगाई दिई बधाई ज्ञापन गरेको थियो ।
धनकुटा जिल्लामा नेपाली कांग्रेस धनकुटाले संचालन गरेको घर घर जाऔ कांग्रेसलाई जिताऔ एक महिने अभियानले धनकुटा जिल्लाभरीनै कांग्रेसको पक्षमा जनहरु उर्लिएको यस अभियानको आज समापन कार्यक्रममा नेता तथा कार्यकर्ताहरुले वताउनु भएको छ ।
धनकुटाको सागुरीगढीको वडा नं. १० बाट नेपाली कांग्रेस धनकुटाले संचालन गरेको एक महिने घर घर जाऔ नेपाली कांग्रेसर्ला जिताऔ अभियान अन्र्तगत धनकुटा जिल्लाको ६० वटै वडाहरु , सातवटै पालिकाहरु र टोल टोलमा अभियान संचालन गरेको थियो ।
काठमाडौं : संघीय संसद बैठक आह्वान गरेकाे भाेलिपल्टै स्थगित गरेकाे सरकारले विभिन्न ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको...
काठमाडौं : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम...
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...