
काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले अनिवार्य अवकास पाएपछि बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसीलाई नियुक्त गरेको छ ।
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी वरीयतामा अगाडी रहेकोले वरियताक्रम नमिच्ने गरी मन्त्रिपरिषद् बैठकले केसीलाई सशस्त्र प्रहरी बलको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताएका हुन् । केसी र रामशरण पौडेल आईजीपीका प्रतिस्पर्धी रहेका थिए ।
नेपाल प्रहरीमा २०४९ वैशाख १९ गते इन्स्पेक्टरमा भर्ना भएका केसी पछि सशस्त्र प्रहरी बलको स्थापना भएपछि सशस्त्रमा प्रवेश गरेका थिए । अहिलेका निवर्तमान आइजिपी खनालका ब्याजमेटसमेत रहेको केसी २०७९ वैशाख १८ मा अनिवार्य अवकाशमा जाँदैछन् । उनी केवल केही दिनका लागि आईजीपी बन्ने भएका हुन् ।
केसी कार्य तथा सीमा सुरक्षा विभागको प्रमुखको जिम्मेवारीमा रहेका थिए भने चैत २८ गतेदेखि केसीले सशस्त्र प्रहरी बलको निमित्त महानिरीक्षकको जिम्मेवारी पाएका थिए ।
काठमाडौं : संघीय संसद बैठक आह्वान गरेकाे भाेलिपल्टै स्थगित गरेकाे सरकारले विभिन्न ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको...
काठमाडौं : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम...
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...