भने जति सिट नपाए एक्लै प्रतिस्पर्धा गर्ने राेल्पा काँग्रेसकाे चेतावनी – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

भने जति सिट नपाए एक्लै प्रतिस्पर्धा गर्ने राेल्पा काँग्रेसकाे चेतावनी

रोल्पा । सत्तारुढ गठबन्धनका दलहरुले आगामी स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेपछि केही स्थानमा विवाद देखिएको छ । चितवनको भरतपुर महानगरमा काँग्रेसले नेतृत्व नपाए स्वतन्त्र उम्मेदवार खडा गर्ने र गठबन्धनको निर्णय नमान्नेसम्मका निर्णय चितवन काँग्रेसका वडा सभापतिहरुले बैठक बसेर निर्णय गर्दै केन्द्रीय समितिलाई पठाएको छ ।

चुनावी तालमेलकै क्रममा गठबन्धनका शीर्ष दल नेपाली काँग्रेस र नेकपा माओवादीबीच केही स्थानमा चुनावी तालमेल पेचिलो बन्दै गएको छ । यता माओवादीको आधार इलाका भनेर चिनिने रोल्पामा पनि केही समस्या उत्पन्न भएको छ । रोल्पामा नेपाली काँग्रेसले आफूले मागेको जति सिट नपाए एक्लै चुनाव लड्ने जनाएको छ ।

नेपाली काँग्रेस रोल्पा जिल्ला कार्यसमितिले एक महिने घरघर जाऔं, काँग्रेस जिताऔं अभियानबाट प्राप्त सुझावहरुमाथि छलफल गर्दै गठबन्धनमा मागेको जति सिट नपाए एक्लै चुनाव लड्ने निश्कर्षमा पुगेको जनाएको हो ।

जिल्ला सभापति किशोरकुमार आचार्यले आगामी ३० वैशाख गते हुने स्थानीय तहको निर्वाचनका लागि कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितका दलबीच तालमेल गर्ने निर्णय गरे पनि रोल्पाको हकमा कांग्रेसले मागे जति सिट नपाए एक्लै चुनाव लड्ने निर्णयमा पुगेको बताए ।

लोकतान्त्रिक गणतन्त्र स्थापनापछि नेपालको संविधानले शासकीय स्वरुप परिवर्तन गर्दै संघीयतामा देश अगाडी बढेपछि रोल्पा जिल्लामा १० वटा पालिका रहेका छन् । १० वटा पालिकाहरु मध्ये रोल्पा काँग्रेसले एक विज्ञप्ति जारी गर्दै ५ वटा पालिकामा प्रमुख, ५ वटा पालिकामा उपप्रमुख, ३६ वटा वडाहरूमा अध्यक्षसहित १ जना सदस्य र ३६ वटा वडाहरूमा ३ जना सदस्यको उमेदवारी दाबी गरेको छ ।

गठबन्धनमार्फत निर्वाचनमा भाग लिन गठबन्धनका दलहरु रोल्पामा इच्छुक भएमा उक्त सर्त मान्नु पर्ने काँग्रेसले अडान लिएको छ । यदि उक्त सर्त मान्य नभएमा काँग्रेस एक्लै स्थानीय निर्वाचनमा होमिने विज्ञप्तिमा उल्लेख छ ।

यस्ताे छ विज्ञप्ति…

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ चैत्र ३०, १५: १२

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ चैत्र ३०, १५: १२

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०७८ चैत्र ३०, १५: १२

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...