सभापति बानियाँको सक्रियताले बागमतीमा काँग्रेसको लहर ह्वात्तै बढ्यो – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

सभापति बानियाँको सक्रियताले बागमतीमा काँग्रेसको लहर ह्वात्तै बढ्यो

मकवानपुर । स्थानीय तह निर्वाचन नजिकिएसंगै बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँको सक्रियता झनै बढेको छ । बागमती प्रदेश अधिवेशनबाट सभापति पदमा निर्वाचित भए देखिनै नेपाली काँग्रेसलाई देशैभर एक नम्बर पार्टी बनाउँने उठोठ गरेका बानियाँले प्रदेशका जिल्लाहरुमा काँग्रेसजनहरुमा नयाँ जोससहित जागरण ल्याएका छन् ।

सभापति बानियाले पार्टीका विभिन्न गतिविधिहरुलाई विधान बमोजिम जनताको घरदैलौमा हातमालो गर्दै स्थानीय, प्रदेश र संघीय निर्वाचनका लागि जनलहर काँग्रेसको पक्षमा बनाइरहेका छन् । नेपाली काँग्रेसको सरकार हुँदा र कम्युनिष्टहरुको सरकार हुँदाको भिन्नता बारे जनताहरुलाई बुझाइरहेका छन् । कम्युनिष्टहरु जनतामा झुटको खेती गरिरहेको, जनतालाई गरिब बनाउने तर्फ अग्रसर रहेको टिप्पणी गर्दै सभापति बानियाँले विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई काँग्रेसको राजनीतिमा ल्याउन सफल भएका छन् ।

पार्टीको पक्षमा जनलहर तयार गर्ने क्रममा सभापति बानियाँ मंगलबार मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा एमाले, माओवादी, राप्रपासहितका दल परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेग गरेका कार्यकर्ताहरुलाई स्वागत गर्नमा व्यस्त थिए । बागमती प्रदेशसभा संसदीय दलका नेता समेत रहेका बानियाँको पहलमा सयौंको संख्या विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा नेपाली माटो सुहाउँदो पार्टी नेपाली काँग्रेसमात्रै भएको स्पष्ट पार्दै सभापति बानियाँले स्थापनाकाल देखि नै नेपाली काँग्रेसले देश र जनतालाई सर्वोपरि ठानेर काम गरेको बताए ।

२०४६ सालको आन्दोलन होस् या ०६२–६३ को आन्दोलनको नेतृत्व गर्दै नेकपा माओवादीहरुका सशस्त्र सघर्षलाई शान्तिपूर्ण तवरले सफल अवतरण नेपाली काँग्रेसले गरेको स्मरण गर्दै देशलाई सहि गति दिन सक्ने काम काँग्रेसले मात्रै गर्न सक्ने दाबी गरे । नवप्रवेशी विभिन्न पार्टी परित्याग गरेका कार्यकर्ताहरुलाई स्वागत गर्दै कांग्रेस पार्टीमा सबैलाई सधैँ ढोका खुला रहेको बताए ।

मकवानपुरको विकास निर्माण, शिक्षा र स्वास्थ्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका सभापति बानियाँले आगामी स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी गराएर विकास कसरी हुन्छ भन्ने कुरा थाहा पाउँन सबैलाई आग्रह गरे । देशको विकास र जनतालाई समृद्ध बनाउने कुराहरुमा अहिलेसम्म काँग्रेसको भूमिका कस्तो छ भनेर बुझ्न समेत आग्रह गरे ।

कार्यक्रमबीच ईन्द्रसरोवर गाउँपालिकाको स्वास्थ्य क्षेत्रलाई थप मजबुद बनाउँने उद्देश्यले जनताका सुख दुःखमा साथ दिन सभापति बनियाँले मार्खु स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका थिए । उक्त एम्बुलेन्सको चाबी बानियाँले इन्द्रसरोवर गाउँपालिका – १ का वडाअध्यक्ष जमानसिंह वाइबालाई हस्तान्तरण गरे । मार्खु स्वास्थ्य चौकीको भौतिक पूर्वाधार विकासमा र यसको स्तरोन्नति गर्नका लागि आफु सदैव लागिरहने प्रतिबद्धता समेत बानियाँले ब्यक्त गरे ।

त्यसैगरी बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले मकवानपुर जिल्लाको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका र राजनीतिलाई सेवाको रुपमा बुझेर अगाडी बढेका सभापति बानियाँको प्रशंसा गर्दै स्वास्थ्य संस्थालाई एम्बुलेन्स उपलब्ध गराएकोमा आभार ब्यक्त गरे ।

सभापति बानियाँले स्वास्थ्य चौकीको सेवालाई विस्तार गर्न र जनताका दुःख पीडालाई बुझेर एम्बुलेन्स उपलब्ध गराएकोप्रति हार्दिक धन्यवाद दिए । आउने दिनहरुमा पनि सभापति बानियाँले स्वास्थ्य, शिक्षा र विकासको क्षेत्रमा सहयोग गर्नेमा आफु विश्वस्त रहेको बताए ।


सभापति बानियाँको नीजिसचिवालयले स्व. राजकुमार बानियाँको स्मृतिमा आफ्नै निजी खर्चमा एम्बुलेन्स किनेर स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको र सभापति बानियाँले हालसम्म राज्यबाट पाउँदै आएको सेवा सुविधा समेत समाजसेवामा खर्च गरिरहेका छन् ।

उक्त एम्बुलेन्स हस्तान्तरण समारोहमा ईन्द्रसरोवर गाउँपालिकाको कांग्रेस सभापति विश्व लामा, तरुण दल अध्यक्ष कृष्ण बलामी, समाजसेवी सुमन श्रेष्ठ, युवा नेता मीनकृष्ण महर्जन, मार्खु स्वास्थ्य चौकीका प्रमुख सुवास राना लगायत स्थानीयहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७८ चैत्र ३०, १८: २०

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०७८ चैत्र ३०, १८: २०

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०७८ चैत्र ३०, १८: २०

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...