
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको आयोगले रकेटको गतिमा काम अगाडी बढाएको छ । निर्वाचनमा भाग लिने दलहरुबाट लिखित प्रतिबद्धता लिदै आयोगले निर्वाचन आचारसंहिता पनि लागु गरेको अवस्था छ । निर्वाचन निजिकिएसंगै राजनीतिक दलहरु पनि आफ्ना कार्यक्रमहरु लिएर जनतामाझ गइरहेका छन् ।
निर्वाचनमा आफ्नो पक्षमा जनमत सृजना गर्न विभिन्न दलहरु मैदानमा रहेका छन् । यस्तै सत्तारुढ गठबन्धनका दलहरुले देशैभर स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेका छन् भने केही स्थानमा गठबन्धन समेत बनिसकेको बताइएको छ ।
गठबन्धनका शीर्ष दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच केही स्थानीय तहहरुको गठबन्धनमा पेचिलो बनिरहेको छ । काँग्रेस सभापति एवम् गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले जस्तोसुकै आरोह–अवरोह आए पनि गठबन्धनलाई अगाडी बढाउने सार्वजनिक रुपमानै घोषणा गरिसकेका छन् ।
यता केन्द्रले गठबन्धन गरे पनि आफुले चाहेको जस्तो निर्णय नभए केन्द्रीय निर्णयलाई नमान्ने चितवन काँग्रेस, रोल्पा काँग्रेस र पर्सा काँग्रेसले जनाएको छ । चितवनको भरतपुर महानगरपालिकाको मेयरका विषयमा नेपाली काँग्रेसले अड्को थापिरहेको छ भने नेकपा माओवादीले आफुले जितेको स्थान भएकोले पुनः माओवादीले नै पाउनु पर्ने बताउँदै आएको छ । केन्द्रीय गठबन्धनमा जो जुन स्थानमा जितेको छ त्यो स्थानमा त्यही राजनीतिक दलले पाउँने सैधान्तिक सहमति भएपछि सो महानगर स्वत माओवादीले पाउँने देखिन्छ । नेपाली काँग्रेस भरतपुर महानगरका विभिन्न वडा सभापतिहरुले बैठकनै बसेर आफुले मेयर नपाए स्वतन्त्र उम्मेदवार उठाउने र केन्द्रीय गठबन्धनको कुरा नमान्ने निर्णय गर्दै निर्णय नै केन्द्रीय कार्यालयमा पठाएका छन् । यसअघि चितवनका केन्द्रीय नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री देउवासहित काँग्रेसका अन्य वरिष्ठ नेताहरुसंग छलफल गरेर गएका थिए । उनीहरुले भरतपुरमा काँग्रेसले पाउनु पर्ने दाबी पेस गरेका हुन् ।

त्यसैगरी घरघर जाऔं, काँग्रेस जिताऔं राष्ट्रिय अभियान अन्तर्गत रोल्पामा सञ्चालित अभियानबाट प्राप्त सूचनाहरुको विश्लेषण गर्दै रोल्पा काँग्रेसले आफुले भनेको जति सिट नपाए गठबन्धनको निर्णय नमान्ने बताएको छ । रोल्पा काँग्रेसका सभापतिले एक विज्ञप्ति निकाल्दै विभिन्न स्थानीय तहहरुमा काँग्रेस एक्लै निर्वाचनमा होमिए धेरै स्थानीय तहहरुमा जित्न सक्षम रहेको बताइएको छ । आफ्नो उक्त सर्तः नमाने गठबन्धन नगर्ने समेत स्पष्ट पारेको छ ।

यता, नेपाली कांग्रेसले पर्साले पनि पार्टीको आन्तरिक मुल्याङ्कनका आधारमा पर्साका १४ वटै पालिकामा काँग्रेस एक्लै प्रतिस्पर्धा गर्न सक्षम रहेको स्पष्ट पार्दै स्थानीय निर्वाचनमा कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने बताएको छ । नेपाली काँग्रेसका अगुवा नेता तथा कार्यकर्ताहरूको विश्लेषणात्मक बैठकले पार्टी केन्द्रले आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने निर्णय गरेपनि पर्सामा गठबन्धनको आवश्यकता नभएकोले चुनावी तालमेल नगर्ने निर्णय गरेको पर्सा काँग्रेसले जनाएको हो ।
स्थानीय पालिकाहरुको आन्तरिक मूल्याङ्कन र नेता कार्यकर्ताको मनोभावना अनुसार पर्सामा कांग्रेस गठबन्धनमा नजाने निर्णयमा पुगेको कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले जानकारी दिए ।

केन्द्रीय गठबन्धनको सहमति अनुसार पर्साको वीरगञ्ज महानगरपालिका गठबन्धनको दल जसपाको पोल्टामा जानसक्ने सम्भावना रहेको देखिन्छ । स्थानीय गठबन्धनमा पेचिलो बन्दै गएको वीरगञ्न महानगर काँग्रेसले नपाउँने भएपछि काँग्रेसको विभिन्न तहले गठबन्धन नमान्ने निर्णय गरेको बताइएको छ ।
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...