
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीयस्तरको पार्टीसंग कुरा मिले गठबनधन गर्ने नभए नगर्दा नी हुने बताएका छन् । नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री थापाले सत्तागठबन्धनको निर्वाचन तयारी तथा अनुगमन संयन्त्रले गरेको सर्कुलरको गलत बुझाइ भएको र स्थानीयस्तरमा राजनीतिक दलहरूबीच कुरा मिले मात्रै स्थानीय तह निर्वाचनमा तालमेल हुने भएकाले पार्टी केन्द्रले औचित्य, आवश्यकता र स्थानीय अवस्था हेरेर तालमेल गर्ने भनी निर्णय गरिएको बताए ।
कार्यक्रममा थापाले संसदीय व्यवस्थामा जुनसुकै देशमा पनि त्यहाँका स्थानीय दलहरूबीच गठबन्धन हुनसक्ने अवस्था हुन्छ । नेपालको सन्र्दभमा अहिले सत्तारुढ दलहरुसंग गठबन्धन भए पनि यो संस्कृतिले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो नगर्ने बताए ।
स्थानीय निर्वाचनमा चुनावी तालमेल गर्ने अधिकार स्थानीय पार्टी कमिटीलाई भएको भएकोले स्थानीय पार्टीका पदाधिकारीहरुलाई आफ्नो अधिकार विद्यानसम्मत गर्न समेत सुझाव दिए । चुनावी तालमेलका विषयमा देशैभर गठबन्धनका दलहरुबीच छलफल भइरहेको बताउँदै स्थानीय स्तरमा कुरा मिलेमा मात्रै तालमेल गर्न सुझाए ।
त्यस्तै महामन्त्री थापाले व्यक्तिगत रुपमा आफु चुनावी तालमेलको पक्षमा नरहेको र पार्टीको निर्णयलाई मानेर अगाडी बढेको बताउँदै गठबन्धनका विषयमा विश्लेषणात्मक बहस हुन जरुरी देखिएको बताए । पार्टी केन्द्रले पनि स्थानीय पार्टी कमिटीले तालमेल नगर्ने भनेमा तालमेलको निर्णय नथोपर्ने समेत विस्वास गरे ।
आगामी निर्वाचनमा काँग्रेसले पार्टीभित्र पार्टीका कार्यकर्ताहरुको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । पार्टीभित्रका नेता तथा कार्यकर्ताहरुमा एकता कायम गर्दै निर्वाचनमा जो उठ्दा जित्छ उसैलाई टिकट दिनुपर्ने बताए ।
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...