देउवालाई थापाको चुनौति – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

देउवालाई थापाको चुनौति

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मुलुकभर कांग्रेसले नराम्ररी हार व्यहोरी राखेको अवस्थामा झिनो आशाका रुपमा काठमाडौंमा प्रतिनिधि सभातर्फ चार सिट हात पार्न सफन भयो । काठमाडौं क्षेत्र नंं ४ बाट निर्वाचित कांग्रेस नेता गगन थापाले कांग्रेस सभापति शेरबहादुर देउवालाई कडा चुनौति दिएका छन् ।

चुनाव जितेको भोलिपल्टै नेता थापाले सभापति देउवालाई स्वेच्छाले पार्टी सभापतिबाट विश्राम लिन र केन्द्रीय सदस्य मात्रै भएर बस्न आग्रह गर्दै स्वेच्छाले पद नछोडे पार्टीभित्र हस्तक्षेप गर्ने चेतावनी दिएका छन् । नेता थापाले पार्टीभित्र रहेका अन्य केही नेताहरुलाई पनि अब ‘मेनस्ट्रिम पोलिटिक्स’ बाट विश्राम लिएर अब युवा पुस्तालाई पार्टीभित्र निर्णायक भूमिकातिर जाने बाटो खुला गरिदिन पनि आग्रह गरेका छन् । उनले शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायतका केही नेताहरुलाई समय सकिएको नेताहरु बताउँदै उनीहरुले पार्टी चलाउनुपर्छ भनेर बसिरहने हो भने कांग्रेस कही पनि नपुग्ने बताए । अब पनि कांग्रेसका शिर्ष नेतृत्वले जिम्ेमवारी त्याग गरेर युवा पुस्तालाई हस्तान्तरण नगरे कांग्रेस कहिल्यै पनि माथि उठ्न नसक्ने बताए । शिर्ष नेतृत्वले स्वेच्छाले त्यसो नगरे आफ्ना साथीहरुसँग मिलेर पार्टीभित्रै हस्तक्षेप गर्ने थापाले चुनौति दिएका छन् । साथै उनले तत्कालै नेपाली कांग्रेसको विशेष महाधिवेशन बोलाउन समेत माग गरेका छन् ।

कांग्रेसले यस पटक नराम्रो हार व्यहोर्नु परेको कारण नेतृत्वसँग विश्वासको कमी र गतिलो एजेण्डाको अभाव भएको पनि उनले बताए । कांग्रेसले गरेका राम्रा काम भन्दा पनि विवादित विषयले बढी प्रचारप्रसार पाएकोले पनि जनताले यसपटक कांग्रेसलाई नपत्याएका उनको धारणा छ । त्यसैले अब कांग्रेसभित्र टालटुले नीति र परिवर्तनले नहुने भन्दै गर्नुपर्ने आवश्यकता भएको बताए । यो विषयलाई आफूले पार्टीभित्रै बलियो एजेण्डा बनाएर संगठनिक रुपमै हस्तक्षेप गर्ने चेतावनी उनले दिएका छन् ।

सम्बन्धित समाचार

संसद्का दुवै सदनको बैठक बस्दै
संसद्का दुवै सदनको बैठक बस्दै
  • २०७४ मंसिर २५, ०९: २८

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो...

संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
  • २०७४ मंसिर २५, ०९: २८

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक बुधबार छुट्टाछुट्टै बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११...

भारतले नेपाललाई दियो १० वटा कैदी बोक्ने ट्रक
भारतले नेपाललाई दियो १० वटा कैदी बोक्ने ट्रक
  • २०७४ मंसिर २५, ०९: २८

वीरगञ्ज : भारत सरकारले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक हस्तान्तरण गरेको छ । भारतका वीरगञ्जस्थित महावाणिज्यदूत देवी सहाय मीणाले...