प्रधानसेनापति क्षत्रीद्वारा ‘सामरी स्ल्याम’ लनटेनिस खेल अवलोकन – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

प्रधानसेनापति क्षत्रीद्वारा ‘सामरी स्ल्याम’ लनटेनिस खेल अवलोकन

मंसिर २९ गते प्रधानसेनापति राजेन्द्र क्षत्रीले मध्य पृतना हे.क्वा.सुपारेटार व्यारेकको खेल मैदानमा भएको आठौं संस्करणको ‘सामरी स्ल्याम’ राष्ट्रिय लनटेनिस प्रतियोगिताको समापन समारोहको क्रममा आयोजित फाइनल खेल अवलोकन गर्नुको साथै विजयी खेलाडीहरुलाई पुरस्कार समेत वितरण गरे ।

मध्य पृतना हे.क्वा., अखिल नेपाल लन टेनिस संघ र मकवानपुर लन टेनिस संघले मिति २०७४ मंसिर २५ गतेबाट संयुक्त रुपमा आयोजना गरेको उक्त प्रतियोगितामा पुरुष सिंगल, महिला सिंगल सहित जम्मा ७ विधाहरुमा जम्मा ६५ जना खेलाडीहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगिताको पुरुष सिंगल तर्फ संरक्षक भुषण बज्राचार्य तथा महिला सिंगल तर्फ माहिका राणा प्रथम हुनु भएका थिए । सो ‘सामरी स्ल्याम’ लनटेनिस प्रतियोगिताको समापन कार्यक्रममा मध्य पृतना हे.क्वा.का पृतनापति उपरथी प्रभुराम शर्माले समापन मन्तव्य व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७४ पुष ४, ०९: ५३

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७४ पुष ४, ०९: ५३

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७४ पुष ४, ०९: ५३

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...