घाँटी रेटेर महिलाको हत्या, एक जना पक्राउ – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

घाँटी रेटेर महिलाको हत्या, एक जना पक्राउ


काठमाडौं । रूकुम पश्चिमको मुसिकोट नगरपालिका– १ खलङ्गास्थित सत्कार होटलमा महिला मृत फेला परेको घटनामा शङ्कास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त व्यक्तिलाई प्रहरीले सार्वजनिक भने गरेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले शङ्कास्पद व्यक्ति पक्राउ गरिएको छ, अनुसन्धान चलिरहेकाले सकिएपछि सार्वजनिक गरिने जानकारी दिए ।

मुसिकोट नगरपालिकाका– ७ साँखकी २८ वर्षीया भावना विक खलङ्गाको सत्कार होटेलको कोठा नम्बर १ मा मङ्गलबार बिहान मृत फेला परेपछि साँझ कोहलपुरबाट प्रहरीको कुकुरसहितको टोलीले घटनास्थलमा अनुसन्धान गर्नाका साथै शङ्कास्पद एक व्यक्ति पक्राउ गरिएको र मृतक महिलाको घाँटी रेटेर हत्या गरिएकोे उनको भनाइ थियो । प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको कारण आर्थिक कारोबार रहेको देखिएको जनाइएको थियो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार

नुवाकोटलाई समृद्ध बनाउन जगदीश्वरले गरे यस्तो प्रतिबद्धता
नुवाकोटलाई समृद्ध बनाउन जगदीश्वरले गरे यस्तो प्रतिबद्धता
  • २०८० कार्तिक १, १३: ०७

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांगे्स पार्टीको तर्फबाट नुवाकोट जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फको उम्मेदवारको...

यो अन्तरिम सरकार निष्पक्ष र तटस्थ छ कि छैन भनेर कसरी मूल्यांकन गर्ने ?
यो अन्तरिम सरकार निष्पक्ष र तटस्थ छ कि छैन भनेर कसरी मूल्यांकन गर्ने ?
  • २०८० कार्तिक १, १३: ०७

१. नेपाली कांग्रेसको अन्तरिम मेलमिलाप नयाँ संविधान २०७२ असोज गते घोषणा भएपछि नेपाली कांसग्रेसले संवैधानिक प्रावधानअनुसारको प्रतिनिधि सभा होस्, या...

सन २०२५ मा ११ लाख ५८ हजार पर्यटक नेपाल भित्रिए
सन २०२५ मा ११ लाख ५८ हजार पर्यटक नेपाल भित्रिए
  • २०८० कार्तिक १, १३: ०७

काठमाडौं।सन् २०२५ मा झण्डै ११ लाख ६० हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।पर्यटन बोर्डका अनुसार यस वर्ष कुल ११...