काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’को नकआउट राउण्डका लागि ३६ जना प्रतिस्पर्धी छनोट भएका छन् । शनिबार बेलुकाको एपिसोडसँगै ब्याटल राउण्ड सम्पन्न भएको हो ।
ब्याटल राउण्डबाट केही क्षमतावान प्रतिस्पर्धी बाहिरिएका छन् । अब नकआउट चरणमा एक जना कोचको समूहबाट नौ जनाले प्रतिस्पर्धा गर्नेछन् ।
शुक्रबारदेखि सुरु हुने नकआउट राउण्ड थप रोचक र कौतुहलपूर्ण हुने अनुमान गरिएको छ । नकआउट चरणमा छनोट हुने कोच मिलन नेवारको समूहमा विनोद राई, फेथम ब्याण्ड, कञ्चन पुन मगर, कुर्वान अली मिया, मान्मा बी राई, सुसन बागदास, तृजा प्रधान, विमला गुरुङ र नारायण गहतराज छन् ।
प्रमोद खरेलको समूहमा दिग्जेल तामाङ, गीता गुरुङ, मनिषा सुनार, नोगेन हाङसारुम्बा, प्रशान्त सिवाकोटी, शिवानी बीके, तेन्जिङ डोल्मा गुरुङ, अपेक्षा राई र अमित रसाइली नकआउटमा पुगेका छन् ।
कोच उदय सोताङको समूहमा कुमार प्रयास, लक्ष्मी राना, ममता हिङमाङ, रोजिना बस्नेत, सुमी एमसुहाङ सुब्बा, विवेक बस्नेत, गीताञ्जली थापा, प्रवृत्ति राई र आलिया गुरुङ छन् ।
कोच राजेशको समूहमा आश्विन राई, दीपक तामाङ, मकर हेन्जान, मिलन बीके, प्रमिला बानियाँ, स्मिता प्रधान, सोनम समाल, रिजन लोहनी र मोनिका राई छन् । द भ्वाइस अफ नेपाल हिमालय टिभीमा प्रसारण हुँदै आएको छ ।
काठमाडौं । बलिउड फिल्म ‘रामायण’ले प्रदर्शनको आठ दिनमै विश्वभरबाट एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेको छ । नितेश...
काठमाडौं । तीन दिनदेखि काठमाडौंमा जारी ‘काठमाडौं हरर फिल्म फेस्ट’को दोस्रो संस्करण सम्पन्न भएको छ । नेपालसहित विभिन्न देशका हरर...
सुर्खेत — डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ दानिगडमा भारी हिमपातका कारण विगत केही दिनदेखि फसेका ६ जना भारतीय पर्यटकहरूको हेलिकप्टरमार्फत उद्धार कार्य...