अफ्रिकी देशहरूमा शल्यक्रिया गराउने बिरामीको मृत्युदर बाँकी विश्वमा भन्दा दुई गुणाले बढी रहेको वैज्ञानिकहरुले बताएका छन् । त्यस्ता बिरामीहरू अन्यत्रभन्दा औसतमा कम उमेरका र स्वस्थ हुने गरेको उनीहरूको बताउँछन् ।
पच्चीस भन्दा बढी देशमा गरिएको सर्वेक्षणमा शल्यक्रियापछिको कमजोर निगरानी, अस्पतालमा पूर्वाधारको कमी र मुख्य गरी तालिम प्राप्त जनशक्तिको चरम अभावले यस्तो परिणाम आएको बताइन्छ । तर अनुसन्धानकर्ताहरूले शल्यक्रियालाई लिएर अफ्रिकीहरूले देखाउने अनिच्छा चिन्ताजनक तहमा रहेको ती बैज्ञानिकहरुले बताए । उनीहरूले आवश्यकता भन्दा २० गुणा कम शल्यक्रिया अफ्रिकामा हुने गरेको पत्ता लगाएका हुन् । अफ्रिकामा अहिलेसम्म गरिएको सबैभन्दा बृहद् स्तरको यसखालको अध्ययनको परिणाम ‘द लान्सेट’ नामक मेडिकल जर्नलमा प्रकाशित गरिएको छ ।
एजेन्सी : अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ ।...
काठमाडौँ । अफ्रिकी देश कंगोमा Ebola virus disease को प्रकोप तीव्र गतिमा फैलिँदै गएको छ । देशको पूर्वी क्षेत्रमा देखिएको...
काठमाडौँ । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ ।गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय...