भारतीय सहयोगमा दार्चुलाको गलैनाथ माविको भवन शिलान्यास – Naya Bikalpa
May 19, 2024, Sunday

भारतीय सहयोगमा दार्चुलाको गलैनाथ माविको भवन शिलान्यास

काठमाडौं। दार्चुलाको शैल्यशिखर नगरपालिकास्थित गलैनाथ माध्यमिक विद्यालयको भवन शैल्यशिखरका मेयर बिजय सिंह धामी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्त कुमार सोनाले विहीबार शिलान्यास गरेका छन्।

नेपाल–भारत विकास सहकार्य अन्तर्गत दुई करोड ७३ लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुने सो विद्यालय भवनको शिलान्यास कार्यक्रममा दलका प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक÷शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति थियो।

भारत सरकारको अनुदान सहयोग सो विद्यालयलाई आवश्यक पर्ने दुई तल्ले विद्यालय भवन, शौचालय, कार्यालय भवनको निर्माण र फर्निचरमा उपयोग गरिने भारतीय दूतावासले जनाएको छ।

भारत र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइने जनाइएको छ।

यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तको रुपमा रहने विश्वास गरिएको छ।

शैल्यशिखर नगरपालिकाका मेयर धामीले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे।

गलैनाथ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयको नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्ने विश्वास गरिएको छ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४८९ वटा परियोजना सम्पन्न गरिसकेको छ।

यीमध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन् जसमा १० वटा परियोजना दार्चुलामा छन्।

यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई एक हजार ९ वटा एम्बुलेन्स र तीन सय वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ।

तिमध्ये सुदूरपश्चिम प्रदेशलाई ६० वटा एम्बुलेन्स र २० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ। यसमा ८ वटा एम्बुलेन्स र २ वटा स्कुल बस दार्चुला जिल्लालाई उपलब्ध गराइएको छ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ। यस परियोजनाको कार्यान्वयनले नेपालीको समुन्नतिका लागि र प्राथमिकताका शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको दूतावासले जनाएको छ।

 

सम्बन्धित समाचार

पत्रकारिताको अहिलेको अवस्था सम्झेर कहाली लाग्छ
पत्रकारिताको अहिलेको अवस्था सम्झेर कहाली लाग्छ
  • २०८१ बैशाख ६, २२: ४६

नेपाली पत्रकारिता जगतमा राजेन्द्र बानियाँ सम्मानजनक नाम हो । दुई दशकभन्दा अघिदेखि औपचारिक–व्यवसायिक ढंगले यसै क्षेत्रप्रति समर्पित उहाँ हाल हिमालय...

प्रकृति संरक्षण कोषका सदस्य–सचिव अधिकारीको नियुक्ति अवैध ठहर
प्रकृति संरक्षण कोषका सदस्य–सचिव अधिकारीको नियुक्ति अवैध ठहर
  • २०८१ बैशाख ६, २२: ४६

काठमाडौं। राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य– सचिवमा नियुक्त भएका संखुवासभाका शरदचन्द्र अधिकारीको नियुक्ति गैरकानुनी भएको राष्ट्रिय सतर्कता केन्द्रले ठहर गरेको...

पद तथा गोपनीयताको शपथ खाने नवनियुक्त मन्त्रीहरु
  • २०८१ बैशाख ६, २२: ४६

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, नेकपा माओवादी...