अत्याधिक चिसोबाट बचाऊ ! – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

अत्याधिक चिसोबाट बचाऊ !

पछिल्लो केही दिनदेखि बढ्दै गएको शितलहर र अत्याधिक चिसोका कारण देशका विभिन्न स्थानहरुमा मृत्यु हुनेहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । उच्च हिमाली क्षेत्रमा बढ्दो हिउँका कारण स्थानीयहरु तराईको समथर मैदानको खोजीमा झर्न थालेका छन् भने तराई क्षेत्रमा शितलहरका कारण मानिसहरुको कठ्याङग्रिएर मृत्यु भईरहेको छ । यस्तो अवस्थामा तातो र न्यानो कपडाको जोहो गर्न नसक्ने निमुखा गरिब असहायहरुको मृत्यु हुन थालेको हो । कतिले एकसरो लुगा लगाउन नपाएर कठयाङ्ग्रिएर मृत्यु भएको खबर प्राप्त हुँदा पनि सरकारले उचित व्यवस्थापन गर्न सकेको छैन । गत साता सरकारले साउनमा गएको बाढीले प्रभावित भएका तराईका जिल्ला बासीहरुलाई न्यानो कपडा किन्न दश हजार रुपैँया उपलब्ध गराउन राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई अख्तियारी दियो । आफ्ना नागरिकलाई आपत विपत पर्दा बचाउने काम सरकारकै दायित्व हो । विकसित मुलुकहरुमा कुनै पनि नागरिकले औषधी नपाएर मृत्यु भएको कमै सुन्न पाइन्छ । तर हाम्रो जस्तो विकासोन्मूख मुलुकहरुमा भने यस्ता खाले दैवी प्रकोपको बेलामा सरकारले तत्काल राहत पु¥याउन नसकेको कारणबाट अबोध जनताको अकालमै मृत्यु भई रहेको हुन्छ । यसमा सरकार मात्र दोषी छैन । भर्खर मात्र सम्पन्न भएका २ वटा निर्वाचनहरुमा जनताका माझ गास, वास, कपासको जिम्मा हामी लिन्छौं भन्दै भोट मागेका राजनैतिक दलका नेताहरुले आफ्ना मतदाताहरु कठयाङ्ग्रिएर मृत्यु हुँदा पनि उचित राहत उपलब्ध गराउन पहल गरेका छैनन् ।
निर्वाचनका बेला बोलेका अधिकांश कुराहरु निर्वाचन सकिएको भोलिपल्टबाटै बिर्सने हाम्रा नेताहरुको कमीकमजोरीका कारण जनता निकै निराश भएका छन् । आफ्ना नागरिकलाई विपदका बेलामा व्यवस्थापन गर्ने जनप्रतिनिधिको प्रमुख जिम्मेवारी हो तर निर्वाचन जितेर सबै केन्द्रतिर सत्ताको पौठेजोरी खेलेर बस्ने, उता जनता भने कहिले भोकमरी, कहिले झाडापखाला, कहिले शितलहर, कहिले बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण ज्यान गुमाइराखेका छन् । तर राजनैतिक दलहरुले ति निमुखा जनता प्रतिको कर्तव्य बोध कहिल्यै पनि गर्न सकिरहेको देखिदैन । त्यसैले गर्दा ति अबोध जनतालाई कसले हेर्ने ? सरकारको ध्यान सरकार टिकाउने र बचाउने तिर मात्र केन्द्रीत छ भने निर्वाचनमा बहुमत प्राप्त पार्टी सरकार चाडो बनाउन लागि परेको छ । केही समय अगाडि सरकारले दाउरा र ब्ल्याङ्केट वितरण गरे पनि पर्याप्त मात्रामा पु¥याउन नसकेको कारण थुप्रै अझै चिसोमा कठयाङ्ग्रिएर बस्न बाध्य छन् । एक त सरकारी काम ढिलो हुने अर्को तिर प्रर्याप्त मात्रामा न्यानो कपडा, तातोको लागि दाउरा तथा अन्य उपायको खोजी नहुँदा जनता मरेको मरै हुने अवस्था छ । अर्कोतिर कर्मचारीहरुको ढिलासुस्तीका कारण पनि समयमा सुविधा र राहत पाउन सकिरहेका छैनन् । सरकारले विशेष व्यवस्थापन गरी तराईको शितलहर र पहाडी जिल्लामा हिमपातबाट जनतालाई तत्काल राहत उपलब्ध गराउन लाग्नुपर्दछ ।

सम्बन्धित समाचार

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७४ माघ १, ०९: ३८

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

कांग्रेसमा वृहत्तर एकताको खाँचो
कांग्रेसमा वृहत्तर एकताको खाँचो
  • २०७४ माघ १, ०९: ३८

गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...

एकताबद्ध र सिद्धान्तनिष्ठ कांग्रेसले मात्र अहिलेका समस्याको समाधान गर्न सक्छ
  • २०७४ माघ १, ०९: ३८

१. नेपाली कांंग्रेसको नियमित महाधिवेशन र नयाँ संसदीय स्वरुप नेपाली कांग्रेसको नियमित महाधिवेशन हुनुपर्ने थियो २०८२सालको मंसिरसम्ममा तर हुन सकेन...