
अहिले देशैभर डेंगु प्रकोप महामारीको रुपमा परिणत हुँदै गएको छ । राजधानी लगायत सातै प्रदेशमा महामारीको रुपमा डेगुं प्रवेश भएपश्चात् करिब सत्तरी हजारको हाराहारीमा मानिसहरु डेगुं रोगबाट प्रभावित भएको अनुमान लगाइएको छ । हालसम्म चार जनाले ज्यानै गुमाईसकेका छन् । सरकारी निकायले भने रोकथामको कुनै उपाय खोजी गर्न लागेको देखिदैन ।
राष्ट्र चलाउने व्यक्तिहरु नै डेगुं लागेर अस्पताल भर्ना भएका छन् । विभिन्न अस्पताल तथा स्वास्थ केन्द्रहरुमा डेगुं लाग्नेहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । सरकारी अस्पतालमा अत्याधिक मात्रामा डेंगुका बिरामीहरुको चाप बढ्नाले एउटै वेडमा तीन जनासम्म राखेर उपचार गर्न बाध्य छन् सरकारी अस्पताल ।
भयाभह अवस्था हुँदासम्म सरकारी निकायको उदासिनताले सरकारी अस्पतालहरुमा सिट संख्या अपुग हुँदा प्राइभेट अस्पतालहरुमा अत्याधिक मात्रामा डेगुं लागेका बिरामीहरुको चाप बढ्दो छ । डेगुं लागेका विरामीहरुलाई समयमा उपचार हुन नसके मुत्यु समेत हुने गर्दछ । पानी जमेको खाल्डाखुल्डीमा खैरो खालको लामखुट्टेले वासस्थान बनाउने र असंख्य मात्रामा फुल पार्ने हुँदा डेंगुको रोग अत्याधिक मात्रामा बढ्दै गएको छ ।
उपत्यकामा समेत यस्तो समस्या हुँदा स्वास्थ मन्त्रालय सम्हालेका जिम्मेवारी निकायले तत्काल कुनै कदम नचालेमा डेंगु रोगको संख्या अत्याधिक मात्रामा बढ्ने र स्थिति भयाभह हुने कुरा चिकित्सकहरुले नै बताइरहेका छन् । राष्ट्रले स्वास्थ मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरुमा वार्षिक रुपमा निकै ठुलो धनराशी खर्च गरिरहेको छ ।
तर उक्त धनराशी यस्तो आपत विपत्मा खर्च नगरीदा अनाहकमा नेपाली जनताले ज्यान गुमाउनु परिरहेको छ । स्वास्थ जस्तो अति संवेदनशील कुरामा तत्काल चाल्नुपर्ने कदम, रोकथामका उपायहरु स्वास्थ सम्बन्धी दातृ निकायहरुसँग गर्नुपर्ने सहकार्य जस्ता कार्य गर्न सरकारका प्रमुख जिम्मेवार व्यक्तिहरुको अभाव भएका कारण यो रोगले निकै अस्तव्यस्त बनाउन थालेको छ ।
एकातिर स्वास्थ मन्त्रालयको उदासिनता अर्कोतिर स्थानीय निकायले तत्काल गर्नुपर्ने कार्यको ध्यान केन्द्रीत हुन नसक्नाले डेगुं रोगको बिरामीहरु बढ्नु प्रमुख कारण हो । सरकारले डेंगु लागेको बिरामीलाई औंषधीमुलो निःशुल्क गर्ने भनिएको भएता पनि सरकारी अस्पतालमा मात्र निःशुल्क उपचार गराइने हुँदा यो भयाभह स्थितिमा सरकारी अस्पतालले धान्ने अवस्था देखिदैन ।
त्यसकारण सरकारले तत्काल महामारी रोक्न प्रभावकारी भुमिका खेल्न सक्नुपर्दछ । मेडिकल विज्ञान प्रतिष्ठानहरुमा केही सस्तो भएता पनि प्राइभेटहरुमा अत्याधिक महंगो उपचारका कारण गरिब निमुखा जनताहरुले औषधी उपचारबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको छ । आर्थिक अवस्था निकै कमजोर भएका व्यक्तिहरुको लागि डेगुं लाग्दा उपचार समेत गर्न निकै कठिन हुन पुगेको छ । अहिले उपत्यका लगायत ठुला शहरहरुमा निकै महँगा प्राइभेट अस्पतालहरु सञ्चालनमा छन् ।
तर ति अस्पतालहरु हुनेखाने र ठुला वडाका लागि मात्र भएको हुँदा प्राइभेट अस्पतालहरुमा उपचार गराउन अति नै महँगो शुल्कका कारण निमुखा र गरिब जनताहरुले औषधी उपचार नपाएर मृत्युको मुखमा पुग्नुपर्ने अवस्था सिर्जना भएको छ ।
सरकारी अस्पतालहरुमा वेडको अभाव र प्राइभेट अस्पतालहरुमा अति महँगो उपचार खर्च लाग्ने हुँदा अहिले डेंगु लागेका हजारौं मान्छेहरु घरमै बसेर औषधीमुलो गर्न बाध्य छन् । सँधै जनतालाई ढाँटेर र चिल्ला कुरा गर्दै सत्तासिन भएकाहरुले निमुखा जनतालाई समयमा औषधीमुलोको व्यवस्था समेत मिलाउन सक्दैन भने देशमा राष्ट्रिय विकास हुन्छ भन्नु कल्पना भन्दा बाहिरको विषय हो । त्यसैले वर्तमान अवस्थामा डेंगुको महामारीको भयाभह स्थितिलाई नियन्त्रण गर्न सरकार तत्काल गम्भीर हुनुपर्ने देखिन्छ ।
काठमाडौं । नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभुमि वोकेको काङ्ग्रेस गुटगत स्वार्थका कारण आफुलाई व्राण्ड दावि गर्ने र ईमान्दार कार्कर्तालाई रैतिको व्यवहार...
१. मुलुक कता जाँदैछ ? मुलुक फेरि नयाँ द्वन्द्वमा फस्ने खतरा बढेको छ । चाहे संविधान संशोधनको कृत्रिम बहानामा होस्...
नेपाली मुद्रण उद्योग व्यावसायको इतिहास लामो छ । गिद्धे प्रेसबाट सुरुभएको मुद्रण उद्योग हाल अत्याधुनिक डिजिटल तथा ठूला वेभ प्रिन्ट्रिङ्ग...