काठमाडौं । सरकारले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न प्रतिबन्ध गरेको छ ।
वन तथा वातावरण मन्त्रालय मातहतमा रहेको वातावरण विभागले आज सूचना जारी गर्दै प्लास्टिकजन्य फूल बिक्री वितरण गर्न प्रतिबन्ध गरेको जनाएको छ ।
सरकारले यसअघि साउन १२ गते राजपत्रमा सूचना प्रकाशित गर्दै प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा प्रतिबन्ध लगाएको थियो । तर, बजारमा प्लास्टिकजन्य फूलगुच्छाको बिक्री वितरण भइरहेको हुनाले पुनः सूचना जारी गरेर उक्त कार्यमा संलग्न नहुन अनुरोध गरेको छ ।
‘नजिकिँदो तिहार र छठजस्ता चाड पर्वहरुमा यस्ता प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीको प्रयोग नगर्नुहुन सबैमा अनुरोध छ,’ जारी सूचनामा उल्लेख छ ।
वातावरण विभागको अनुगमनका क्रममा नेपाल सरकारको उक्त निर्णय विपरित कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरीक्षकबाट १५ हजार रुपैयाँदेखि २० हजारसम्म जरिवाना हुने जनाएको छ । साथै, सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट १ लाखसम्म जरिवाना हुने विभागको भनाइ छ ।
कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...
गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...