
सुनिल गोपाल श्रेष्ठ,
प्रकृतिलाई आत्मसात गर्नु र प्रकृतिले दिएका वस्तु र उपजलाई सही सदुपयोग गरी प्रकृतिसँगै आधुनिक प्रबिधि प्रयोग गरि प्रक्रिया अनुसार लाभ लिन सक्नु नै आधुनिक युगको लागि आर्थिक समृद्धिको बाटो हो भन्ने बुझ्नुपर्छ ।
जसरी गाइ भैंसीहरु (जनावरहरु) बाट निस्कने मल मुत्र र मानव शरीरबाट निस्कासन हुने मल मुत्रबाट बायो ग्याँस (मेथान ग्यास सीएचफो) निकाल्न सकिन्छ । इन्धनको रूपमा प्रयोग गर्न सकिन्छ, हाल नेपालमा पनि केहि प्रयोगमा आइरहेको छ तर व्यावसायिक रुपमा आउन अझै मेहनत गर्न बाँकी छ ।
मेथान ग्यास जस्तै बायो इथानोलले पनि देशलाई चमत्कार हुनेगरी समृद्धिको बाटो देखाउन सकिन्छ । बायो इथानोल भनेको एक जैविक इन्धनको रूपमा लिने गरेको पाइन्छ । यसको मलेकुलर फर्मुला सीटु एच ५ ५ ओ एच हो । यो प्राय बनस्पतिमा रहेको ग्लुकोजलाई फरमेन्सन गरी रक्सी बनाए झै बनाउने गर्छ ।
बायो इथानोललाई बाल्दा कार्बनडाई अक्साड पानी दिन्छ, जस्ले मानव शरीरलाई नोक्सान गर्दैन तर कर्बन डाइअक्साइडलाई सड्ढलन गर्न सकेमा अझ फाइदा हुन्छ। अरु पेट्रोलियम पदार्थबाट कार्बन मोनोअक्साइड निस्कन्छ र मानव शरीर लाई हानी गर्छ ।
हाम्रा पुर्खाहरु को समयमा कृषि उत्पादन भन्दा उपभोग गर्ने कम भएको ले र बिश्व बजारको पहुँच नभएको कारणले आधुनिक कृषि र नयाँ खोजको बारे कुनै चिन्ताको बिषय रहेन तर आजको अवस्था धेरै परिवर्तन भै सकेको छ । नयाँ खोज, नयाँ सोचले र नयाँ योजनाको निरन्तरता ले मात्र देश समृद्धि हुनसक्ने मा दुई मत नहोला ।
भुमीबाट, जमिनबाट, उपजको रूपमा उत्पादित धान, गहुँ, मकै, कोदो आदि हामीहरू ले खाद्यान्नको हिसाबले प्रयोग गर्ने गर्छौं । तर ती खाद्यान्न संगै उत्पति भएका पराल, धानको भुस ,गहुँ पराल, मकैको घोगा, मकैको बोट र कफी फलको बाहिरी बोक्रा आदि हामीले बाल्ने वा गाई बस्तुलाई खुवाउने गर्छाैं जसको सदुपयोग आधुनिक युगमा आर्थिक लाभको हिसाबले २०५ भन्दा कम मात्र उपयोग भएको देखिन्छ ।
प्रकृतिले दिएका विभिन्न उपजहरु लाई बढी भन्दा बढी सहि सदुपयोग गर्नु पर्छ र प्रतिफल लिन सक्नुपर्छ भन्ने सोचले हाल विकसित राष्ट्र हरु र बिकास उन्मुख देशहरू ले पराल, धानको भुस, उखु पेलेर निस्केको बगास, मकैको घोगा, मकैको बोट आदि बाट नयाँ प्रबिधि प्रयोग गरि इथानल उत्पादन गरि चमत्कारिक तवरले इन्धनमा प्रयोग गर्दै आएका छ्न् ।
१ केजी चामल तयार हुँदा पराल र भुसा गरि लगभग १ केजी नै निस्कन्छ । १०केजी पराल बाट लगभग ५० लिटर इथानल उत्पादन गर्न सकिन्छ । प्रति लिटर इथानलको मूल्य औसत रु ५० र हुन आउँछ । इथानल विभिन्न औधोगिक प्रयोजनमा ल्याउन सकिन्छ ।
जस्तै औषधि, रंग, बास्ना आउने अत्तर, इन्धन, हाल सनिटाइजरमा पनि राम्रो प्रयोग भएको पाइन्छ र इथानल उत्पादनको प्रक्रियामा निस्कने ठोस पदार्थ बाट प्राङ्गारिक मल बनाउन अति उपयोगी हुने भएकोले आधुनिक कृषि मा पनि यसले राम्रो आयाम थप्नुको साथै यो प्रक्रिया ले प्राकृतिक इकोसिस्टमलाई पनि सहज पुर्याउन मद्दत गर्छ ।
चिनी उद्योगहरुले पनि मोलासिसबाट इथानल उत्पादन गरेको पाइन्छ । तर हामी ले अनुत्पादक भै खेर गै रहेका प्राकृतिक उपजहरुबाट बढी भन्दा बढी प्रतिफल लिन सक्नु नै विकासको चमत्कार हुनु हो । यसको लागि निजी क्षेत्र, स्थानीय सरकार, प्रदेश सरकार बीचमा राम्रो सहकार्य हुनु जरुरी छ ।
इथानल प्रयोग र उत्पादन गर्ने देशहरूमा अमेरिका र ब्राजिल सफल र अग्रस्थानमा पर्न आउँछ भने भारतमा पनि २०१९ देखि तिब्र रूपमा उत्पादनको लक्ष्य लिएर अगाडी बढेको देखिन्छ । भारतमा यस्तो प्रोजेक्टहरु लाई मेसिनहरु मा अनुदान, न्यून ब्याजमा ऋण प्रदान गर्ने, कर छुट गर्ने, स्थानीय सरकार र केन्द्र सरकारबाट साझेदारी भै प्रोत्साहित गरेको पाउन सकिन्छ ।
अमेरिकामा सवारी साधनहरुलाई इन्धनको लागि सफलतापुर्वक इथानल प्रयोग गर्दै आएको छ भने मित्र राष्ट्र भारतमा पनि २०१९ देखि यो योजना लिएर तिब्र गतिमा अगाडि गाइरहेको छ ।
संयुक्त राज्य अमेरिकामको तथ्यांक अनुसार लगभग पाँच लाख ब्यारल प्रतिदिन पाँच लाख ब्यारेल प्रतिदिन उत्पादन गरेको पाइएको छ भने ब्राजिलमा २०१९ को तथ्यांक अनुसार वार्षिक इथानोल ३४ अर्ब लिटर उत्पादन गरि खपत गरेको प्रमाणित छ ।
भारतमा पनि इथानलको उत्पादनले पेट्रोलियम पदार्थको आयातमा ३०५ घटाउने योजना रहेको छ । नेपालमा पनि ब्यापार घाटा हुनुमा प्रमुख कारण इन्धनको आयात भएको हुँदा ब्यापार घाटा कम गर्नको लागि देशमै उब्जेका तर खासै प्रयोगमा नआएका प्राकृतिक उपहारहरु ९पराल, धानको भुस, मकैको बोट ,मकैको घोगा, चिनीको लागि उखु पेलेर निस्केको बगास,जङ्गलमा पाउने एक किसिमको घाँस र बाँसहरुलाई पहिचान गरि सदुपयोग गरि उत्पादन गर्न केन्द्र सरकार , प्रदेश सरकार र स्थानीय सरकारको सोचमा परिवर्तन आउन जरुरी छ ।
अघिल्लो २०१९र १९ को तथ्यांकअनुसार नेपालले रु २१६।४२ अर्बको पेट्रोलियम पदार्थ आयात गरेको देखिन्छ ।
यदि बायो इथानलले गर्दा नेपालमा पेट्रोलियम पदार्थको आयात २०५ ले मात्र प्रतिस्थापन गर्ने सकेमा रु ४३ अर्ब प्रति बर्ष ब्यापार घाटा कम हुने पक्का छ र दसौं हजारको रोजगारी पाउनुका साथै प्राकृतिक उपजहरु को सहि सदुपयोग हुनेछ ।
(लेखक श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य हुन् ।)
उदयपुर । उदयपुर जिल्लाको नेपाली कांग्रेस इतर समूहको जिल्ला अधिवेशनबाट बसन्त कुमार बस्नेत जिल्ला सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।...
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने ज्योतिष...
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...