संस्थापक अध्यक्ष पाठक सम्मानित – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

संस्थापक अध्यक्ष पाठक सम्मानित

जागृतिपथ टोल विकास संस्थामा सक्रिय महिला नेतृत्व

बुटवल । बुटवलस्थित जागृति टोल विकास संस्थाको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन हालै सम्पन्न भएको छ । अधिवेशनबाट सर्वसम्मतिले नौ सदस्यीय कार्यसमिति गठन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा इश्वरी शर्मा, उपाध्यक्षमा माया श्रेष्ठ, कोषाध्यक्षमा उषा गिरी, सचिवमा लक्ष्मी भट्टराई, सहसचिवमा शोभा भण्डारी निर्वाचित भएका छन् भने सदस्यहरुमा कमला बञ्जाडे, कमला काप्mले, शारदा श्रेष्ठ र संगीता पाठक निर्वाचित भएका छन् ।

यसैबीच, जागृतिपथ टोल विकास संस्थाले आप्mनो साधारणसभा एवं अधिवेशनको अवसरमा संस्थाकी संस्थापक अध्यक्ष माया पाठकलाई सम्मान गरेको छ । विगत चार वर्षदेखि उक्त संस्थाको अध्यक्ष पदमा रही निकै मेहेनत गरी जागृतिपथ टोल विकासका लागि उल्लेखनीय योगदान पु¥याए बापत उनलाई संस्थाले दोसल्ला ओढाई अभिनन्दनपत्र सहित सम्मान गरेको हो ।

निकै लामो समयदेखि समाजसेवामा संलग्न पाठकको जागृतिपथ टोल सुधार तथा विकासका लागि महत्वपूर्ण भूमिका रहेकोले उनको योगदानको कदर गर्दै अभिनन्दन गरिएको छ । निकै लामो समयदेखि सामाजिक कार्यमा संलग्न पाठकलाई यस भन्दा अघि पनि विभिन्न संघसंस्थाले सम्मान तथा कदरपत्र प्रदान गरेको थियो । जागृतिपथ टोल विकास संस्थाले टोलमा हुने गरेको विकृति, विसंगतिका विरुद्ध विभिन्न चेतनामूलक कार्यक्रमहरु टोलको विकास, सडक, खानेपानी, ढलको व्यवस्थापन मठमन्दिरको जिर्णाेद्धार तथा टोलको सरसफाई लगायत सामाजिक कार्यहरु गर्दै आइरहेका छन् ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७५ जेष्ठ २८, ०९: ५०

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७५ जेष्ठ २८, ०९: ५०

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७५ जेष्ठ २८, ०९: ५०

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...