
नयाँ विकल्प,
हरिविनोद अधिकारी
काठमाडौं – १. निर्वाचनको कुरासँगै कोसँग को मिल्ने ? कोसँग को नमिल्ने? किन मिल्ने? किन नमिल्ने ? मिलेर , तालमेल गरेर निर्वाचन कसरी कुन मानकमा उम्मेदबार तय गर्ने ? यी कुराहरु अहिलेको राजनीतिक चर्चाका विषय बनेका छन् । स्थानीय निर्वाचनमा मिलेका दलहरुको अवस्था कस्तो छ भने मिलेर जान पनि डराएका छन् , नमिलेर जान पनि डराएका छन् । तालमेलको राजनीतिलाई सबैले प्रयोग गरेकै हुन् र कुनै ठाउँमा त्यसले सकारात्मक नतिजा दिएको छ त कतै नकारात्मक नतिजा आएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माआबादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी दुवैले समीक्षामा एउटा निष्कर्ष आएको छ र तर अनुहारमा विद्रोही चेतको आवरणमा बोलेको सुनिन्छ ।
२. अहिले भएका स्थानीय निर्वाचनहरुको नतिजाका आधारमा गरिने समीक्षाहरुले आश र त्रासको विभाजित मानसिकता देखिन्छ । नेपाली कांग्रेसमा र नेकपा एमालेमा २०७४सालको आम निर्वाचनको परिणामले बिथोलेको छ । एमालेलाई बिथोल्ने कारण हो मिल्दा दुई तिहाइको वहुमत आएको थियो र एकमना सरकारको स्वाद जिभ्रैमा छ र पनि त्यो जोगाउन नसकेको परिणामले कसरी मिल्ने वा कसरी एक्लै निर्वाचनमा होमिने भन्ने देखिन्छ । नेपाली कांग्रेसचाहिँ परिणामको भयावहपनको डरले जसरी पनि सुहाउँदो मत ल्याएर भावी सरकारको नेतृत्वमा आफ्नो दावीका लागि अरुले ने बोलून् जस्तो कि नेकपाका एकछत्र प्रधानमन्त्री केपी ओलीको ज्यादती विरुद्ध एमालेभित्रै विद्रोह भयो र नेकपाको एक मुख्य घटक माओबादी केन्द्रले नेपाली कांग्रेसलाई कुनै सर्त विना प्रधानमन्त्री दिन मन्जुरी गरेको थियो जुन आजसम्म पनि यथावत् छ ।
३. तर समयको बेग न त २०७४ सालको जस्तो छ, न त २०७४मा जस्तो दलहरुप्रतिको विश्वासको पक्षमा देखिन्छ । अबको गठबन्धन स्वार्थका समूहहरुका बिचमा हुनेछ भनेर त्यसको विरुद्धमा तयारी पनि भयानक तरिकाले भएको देखिन्छ । त्यसको उदाहरणका लागि काठमाडौँ महानगर पािलका, धनगढी उपमहानगर पालिका, जनकपुर उपमहानगर पालिका, धरान उपमहानगर पािलकाका मेयरको निर्वाचनले संकेत गरकै छ । भन्नुहोला, यतिधेरै नगर पालिका भएका देशमा केही नगर पालिकाहरुको उदाहरणले के फरक पार्छ र ? त्यसो होइन, यो तयारी मात्र थियो र अबको तयारी केही देखिने गरी भएका छन् त केही भित्रभित्रै तयारी भव्यरुपमा हुँदैछन् । कसलाई जिताउने, कसलाई कसरी हराउने भन्ने तयारी व्यापक रुपमा भएको अनुमान गर्न सकिन्छ । हाम्रो संविधानले प्रत्यक्ष निर्वाचनको ठाउँमा एकजना उम्मेदवार एक ठाउँमा मात्र उठ्ने पाउने प्रावधानले सहज भएको छ । अहिलेका समसामयिक जीवित नेताहरुमा २०४८ सालदेखिको विजयी भइरहनेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबामात्र हुन् । केपी ओली पनि हारेकै हुन् , माधव नेपाल पनि हारेकै हुन्, रामचन्द्र पौडेल पनि हारेकै हुन् , प्रचण्ड पनि कतै हारेकै हुन् , उपेन्द्र यादव पनि कतै हारेकै हुन् या भनौँ आगामी निर्वाचनमा कोही पनि सुरक्षित देखिँदैन । अर्थात् जनताको मतलाई पूर्वानुमानका आधारमा मैले नै जित्छु भन्ने अवस्था कसैको छैन किनभने जनतामा नयाँ चेतनाको लहर देखिएको छ ।
४. २०४८को लहरले के देखाएको थियो, त्यो २०५१मा देखिएन । २०५१को लहरले देखाएको संकेत २०५६मा देखिएन । २०५६को लहरलाई २०६४ले छपक्कै छोप्यो र मुलुकमा नयाँ लहरको संकेत गरेको थियो भने २०७०मा २०६४को लहरले आफ्नो अवस्था कायम गर्न सकेन । त्यस्तै भयो , २०७४सम्म आउँदा २०७०को लहर हरायो र नेकपाको कृत्रिम मिलनको पक्षमा लहर देखियो । आखिर एउटा संकेत त देखियो नै । अनि २०७२सालमा घोषित संविधानको पहिलो आम निर्वाचनमा अर्कै संकेत देखियो तर त्यो त जरासन्धको शरीर जस्तै भएर दुई भागमा टुक्रियो र छिन्नभिन्न भयो । समयको वहावसँग मिलेको नेकपा समयकै वहावसँग तितर वितर भयो तर गठबन्धनको नयाँ स्वरुपले दुई तिहाइको नेकपाको सरकारलाई विस्थापित गरेर नयाँ तरिकाले स्थानीय निर्वाचनसम्म आएकै हो । सबै दलहरुमा विवाद छ , सबै दलहरुमा मिलेर जाने रोग लागेको छ तर आफ्नो क्षमताभन्दा बढीको अपेक्षा राख्ने दुर्गुण थपिएको छ । त्यसको उदाहरणका लागि गठबन्धनका पाँच दलहरुलाई फुटाउने र पाँचदल जुटेर जाने दुईओटै कुरामा न त कुनै तुक छ, न त कुनै समस्या छ र पनि विवाद छ, तर मिलेर सत्तासुख प्राप्त गरेकै छन् ।
५.सबैसँग सबै डराएका छन् , अझ नेपाली जनताको चेतसँग झन डराएका छन् र त गठबन्धन, तालमेल र एक्लाएक्लै उम्मेदवार दिने कुरामा कोही पनि स्पष्ट बोल्न सक्दैनन् , सायद त्यसैले होला निर्वाचनको मिति तोक्ने कुरामा एकमत देखिँदैन । निर्वाचन आयोगले मंसिर २ गतेलाई उपयुक्त दिन भनेर सिफारिस गरेपछि पनि त्यसबारेमा कुनै ठोस जबाफ न त सरकारले दिएको छ, न त निर्वाचन आयोगले त्यसको अनुगमन गरेको छ । केही समस्या निर्वाचनमा पनि छ , केही समस्या सरकारमा पनि छ र केही समस्या मतदाता नाम संकलनमा पनि छ र केही समस्या निर्वाचनको तयारी र कार्यान्वयनमा पनि छ । तर त्यसमा भन्दा निर्वाचन हतार हतारमा गर्ने र कमी कमजोरीहरुलाई सुधार गर्ने कुरामा सायद ध्यान कसैको छैन ।
६र अन्त्यमा, तरबार बेचुवा र घिउ बेचुवाहरुको बजारमा निर्वाचन एउटा फगत फेसनको रुपमा मात्र प्रयोग गरिएको छ र गुणात्मक उम्मेदवारको कमी नहोस् भनेर उम्मेदवारको तयारी देखिँदैन दलहरुमा तर सचेत वर्गहरु भने असल उम्मेदवार नभए किन निर्वाचनको नाटक गरिरहने भन्ने उग्र धारणा देखाउन थालेका छन् र असल उम्मेदवारको तयारीमा धेरै समूहहरुको तयारी देखिन्छ । तर त्यसको पनि परीक्षण हुँदैछ । वहुदलीय परम्परामा निर्दलीय व्यवहारले नयाँ विकल्प पनि दिँदैन र वहुदलको नाममा जनताको भावनात्मक शोषणा गरिरहेर पनि मुलुकको राजनीतिक विकास सम्भव छैन भन्ने पनि सचेत वर्गहरुमा परेको छ । मतदाता सचेत हुँदाहुँदै पनि तिनको सदुपयोग गर्नबाट राजनीतिक दलहरु किन विमुख भएका हुन् भन्ने प्रश्न उठ्न थालेको छ । यसको उत्तर कहिले जनताले पाउने ?
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...