क्षमतालाई थप प्रभावकारी बनाउन प्रशिक्षण – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

क्षमतालाई थप प्रभावकारी बनाउन प्रशिक्षण

काठमाडौं । ०७६ कार्तिक ७ गते Office of Military Affairs (OMA), UNHQ तथा नेपाली सेनाको संयोजकत्वमा लाजिम्पाटस्थित Hotel Raddison मा सञ्चाथलन भएको STM UN EOD Unit Pilot Course को नेपाली सेनाका बलाधिकृत रथी शरद कुमार गिरीले अन्त्यमा प्रवचन गर्दै तालिमको समापन गरेका छन् ।

सो तालिमको उद्देश्य संयुक्त राष्ट्र संघको शान्ति स्थापना कार्यमा खट्टिई जाने EOD युनिटका कमाण्डर तथा प्रशिक्षकहरुलाई तालिम प्रदान गरी EOD (Explosive Ordnance Disposal) क्षमतालाई थप प्रभावकारी बनाउने रहेको छ । १२ वटा देशका १५ जना विदेशी र ५ जना स्वदेशी गरी जम्मा २० जना शिक्षार्थीहरु र ११ जना शिक्षक ९ स्वदेशी १ र विदेशी १०० सहभागी भएको उक्त तालिम मिति २०७६÷०६÷२९ गतेबाट प्रारम्भ भएको थियो ।

समापन कार्यक्रममा सम्बोधन गर्दै बलाधिकृत रथीले हालको बदलिँदो परिप्रेक्ष्यमा शान्ति स्थापनार्थ कार्यमा खट्टि जाने स्थानहरुमा स्थानीय विद्रोहीहरुले विष्फोटक पदार्थलाई बढी मात्रामा ध्वंसात्मक कार्यहरुमा प्रयोग गर्ने गरेको पाइएकोले संयुक्त राष्ट्र संघको शान्ति स्थापना कार्यमा थप चुनौतीको अवस्था सृजना भएको बताए । सम्बोधनकै क्रममा उनले संयुक्त राष्ट्र संघले तोकेको मापदण्डभित्र रही शान्ति स्थापना कार्यमा खट्टिने नेपाली सेनाको क्षमता अभिबृद्धि गर्ने कार्यमा नेपाली सेना कटिवद्ध रहेको समेत बताए ।

नेपाली सेनाको शान्ति सेना सञ्चाालन निर्देशनालयका निर्देशक सहायक हिरालाल जोशीले स्वागत मनतव्य राखेका थिए । साथै, उक्त तालिमका Course Director Mr Rafael Barbaeri ले विश्व शान्ति स्थापना कार्यमा नेपाली सेनाले प्रदर्शन गरेको उच्च तहको पेशागत दक्षता तथा पु¥याएको अतुलनीय योगदानको संयुक्त राष्ट्र संघले कदर तथा प्रशंसा गरेको बताए । तालिमबाट शान्ति स्थापना कार्यमा नेपाली सेनाको भ्इम् ९भ्हउयिकष्खभ इचमलबलअभ म्ष्कउयकब०ि क्षमता अभिबृद्धि हुने विश्वास नेपाली सेनाको छ ।

सम्बन्धित समाचार

चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
  • २०७६ कार्तिक ८, ०९: १६

काठमाडौं । नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभुमि वोकेको काङ्ग्रेस गुटगत स्वार्थका कारण आफुलाई व्राण्ड दावि गर्ने र ईमान्दार कार्कर्तालाई रैतिको व्यवहार...

मुलुक कता जाँदैछ भन्ने चिन्तासँगै एकताबद्ध कांग्रेसको चाहना
मुलुक कता जाँदैछ भन्ने चिन्तासँगै एकताबद्ध कांग्रेसको चाहना
  • २०७६ कार्तिक ८, ०९: १६

१. मुलुक कता जाँदैछ ? मुलुक फेरि नयाँ द्वन्द्वमा फस्ने खतरा बढेको छ । चाहे संविधान संशोधनको कृत्रिम बहानामा होस्...

मुद्रण उद्योग व्यवसायबाट महासंघको नेतृत्वमा पुग्ने ढकाल पहिलो महिला
मुद्रण उद्योग व्यवसायबाट महासंघको नेतृत्वमा पुग्ने ढकाल पहिलो महिला
  • २०७६ कार्तिक ८, ०९: १६

नेपाली मुद्रण उद्योग व्यावसायको इतिहास लामो छ । गिद्धे प्रेसबाट सुरुभएको मुद्रण उद्योग हाल अत्याधुनिक डिजिटल तथा ठूला वेभ प्रिन्ट्रिङ्ग...