प्राधिकरण स्थापनाको दुई वर्ष: निजी आवासमा ४६ प्रतिशत प्रगति – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

प्राधिकरण स्थापनाको दुई वर्ष: निजी आवासमा ४६ प्रतिशत प्रगति

काठमाडौं– २०७२ साल बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले पु¥याएको क्षतिको पुननिर्माण गर्न सरकारले छुट्टै संयन्त्र गठन ग¥यो । भूकम्प गएको करिब आठ महिना अर्थात पुस १२ गते राष्ट्रिय पुननिर्माण प्राधिकरणको स्थापना भयो ।
प्राधिकरणले आफ्नो स्थापनाको दुई वर्ष पुगेको अवसरमा बुधबार एक समारोहको आयोजना गरी प्रगति प्रतिवेदन सार्वजनिक गर्दै आगामी दिनमा पुनर्निर्माणको गतिलाई अझ तीब्र बनाउने प्रतिबद्धता जनायो ।

काठमाडौंको बबरमहलमा आयोजित कार्यक्रममा प्राधिकरणका उच्च पदाधिकारीहरुले प्राधिकरणको ४० प्रतिशत समयावधिमा निजी आवासतर्फ करिब ४६ प्रतिशत प्रगति भएको र यही आर्थिक वर्षभित्र ६० प्रतिशत भूकम्पपीडित सुरक्षित छानामुनि आइसक्ने आधार बनेको प्राधिकरणले जनायो । कार्यक्रममा बोल्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले भूकम्प पीडितको निजी आवासमा जोड दिंदै अन्य क्षेत्रको पुनर्निर्माणलाई पनि तीब्र गतिमा लैजाने आधार बनेको बताए । उनले निजीआवास निर्माणमा अवरोध रहेको जनशक्तिको अभावलाई पूर्ति गर्न यही पुसभित्र ५४ हजार नयाँ डकर्मीलाई तालिम दिन लागेको जानकारी दिए ।
त्यस्तै, प्राधिकरणका सचिव मधु सुदन अधिकारीले प्राधिकरण स्थापना पछिका कठीन दिनहरुको स्मरण गर्दै अब बाटो प्रष्ट भएकोले आगामी दिनमा पुनर्निर्माणले गति लिने विश्वास व्यक्त गरे । सचिव अधिकारीले पुनर्निर्माण सामूहिक प्रयास भएको र यसमा संचार माध्यम लगायत सम्पूर्ण क्षेत्रको उत्तिकै भूमिका रहेको धारणा व्यक्त गरे ।
प्राधिकरणको कार्यकारी समिति सदस्य धु्रवशर्माले निजी अवास निर्माणमा समयसीमा तोकिएपछि यसले गति लिएको उल्लेख गर्दै जोखिमयुक्त वस्तीमा रहेका पीडितलाई स्थानान्तरण गर्ने प्रक्रिया सुरु भएको जानकारी दिए ।
उक्त कार्यक्रममा सहसचिव तथा प्रवक्ता यमलाल भूसालले बुधबारसम्म पुनर्निर्माणका क्षेत्रमा भएको प्रगति समेटिएको सामग्री प्रस्तुत गरे । प्रवक्ता भुषालले प्रस्तुत गरेका प्रस्तुति अनुसार प्राधिकरणले हाल सम्म ४६% निजी आवास पुननिर्माण कार्य सम्पन्न गरिसकेको छ भने ४९.६% क्षतिग्रस्त विद्यालय भवनहरुको पुननिर्माण भइसकेको छ । त्यसैगरी भूकम्पले क्षति पु¥याएका स्वास्थ्य संस्थाहरुमा ४८% भवन पुननिर्माण भएका, ३७% सरकारी भवन, ४८% सुरक्षा निकायका भवनहरु र ५२% पुरातात्विक संरचनाहरुको पुननिर्माण यस दुई वर्षको अवधीमा पुरा भएको प्रवक्ता भुषालले जानकारी दिए । गैह््सरकारी संस्थाहरुद्वारा ८३८२ निजी आवास, ३५८ विद्यालय, ३७ स्वास्थ्य संस्थाहरु निर्माण÷पुनः निर्माण भएका जानरकारी पनि उनले दिए ।
कार्यक्रममा पुनर्निर्माणका विभिन्न क्षेत्रमा संलग्न भई प्रतिबद्धता अनुसार कार्य सम्पन्न गरेका गैरसरकारी संस्थाहरुलाई अभिनन्दन गरिएको थियो भने प्राधिकरणका १२ कर्मचारीलाई पनि प्रशंसा–पत्रवितरण गरिएको थियो । कार्यक्रम प्राधिकरणका उपसचिव तथा सह–प्रबक्ता डा. भीष्मकुमार भूसाल र उपसचिव विन ब्रजाचार्य कुँवरद्वारा सञ्चालन गरिएको थियो ।

सम्बन्धित समाचार

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०७४ पुष १७, ०९: ००

  १. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०७४ पुष १७, ०९: ००

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...

जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
  • २०७४ पुष १७, ०९: ००

  १. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...