काठमाडौं– २०७२ साल बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले पु¥याएको क्षतिको पुननिर्माण गर्न सरकारले छुट्टै संयन्त्र गठन ग¥यो । भूकम्प गएको करिब आठ महिना अर्थात पुस १२ गते राष्ट्रिय पुननिर्माण प्राधिकरणको स्थापना भयो ।
प्राधिकरणले आफ्नो स्थापनाको दुई वर्ष पुगेको अवसरमा बुधबार एक समारोहको आयोजना गरी प्रगति प्रतिवेदन सार्वजनिक गर्दै आगामी दिनमा पुनर्निर्माणको गतिलाई अझ तीब्र बनाउने प्रतिबद्धता जनायो ।
काठमाडौंको बबरमहलमा आयोजित कार्यक्रममा प्राधिकरणका उच्च पदाधिकारीहरुले प्राधिकरणको ४० प्रतिशत समयावधिमा निजी आवासतर्फ करिब ४६ प्रतिशत प्रगति भएको र यही आर्थिक वर्षभित्र ६० प्रतिशत भूकम्पपीडित सुरक्षित छानामुनि आइसक्ने आधार बनेको प्राधिकरणले जनायो । कार्यक्रममा बोल्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले भूकम्प पीडितको निजी आवासमा जोड दिंदै अन्य क्षेत्रको पुनर्निर्माणलाई पनि तीब्र गतिमा लैजाने आधार बनेको बताए । उनले निजीआवास निर्माणमा अवरोध रहेको जनशक्तिको अभावलाई पूर्ति गर्न यही पुसभित्र ५४ हजार नयाँ डकर्मीलाई तालिम दिन लागेको जानकारी दिए ।
त्यस्तै, प्राधिकरणका सचिव मधु सुदन अधिकारीले प्राधिकरण स्थापना पछिका कठीन दिनहरुको स्मरण गर्दै अब बाटो प्रष्ट भएकोले आगामी दिनमा पुनर्निर्माणले गति लिने विश्वास व्यक्त गरे । सचिव अधिकारीले पुनर्निर्माण सामूहिक प्रयास भएको र यसमा संचार माध्यम लगायत सम्पूर्ण क्षेत्रको उत्तिकै भूमिका रहेको धारणा व्यक्त गरे ।
प्राधिकरणको कार्यकारी समिति सदस्य धु्रवशर्माले निजी अवास निर्माणमा समयसीमा तोकिएपछि यसले गति लिएको उल्लेख गर्दै जोखिमयुक्त वस्तीमा रहेका पीडितलाई स्थानान्तरण गर्ने प्रक्रिया सुरु भएको जानकारी दिए ।
उक्त कार्यक्रममा सहसचिव तथा प्रवक्ता यमलाल भूसालले बुधबारसम्म पुनर्निर्माणका क्षेत्रमा भएको प्रगति समेटिएको सामग्री प्रस्तुत गरे । प्रवक्ता भुषालले प्रस्तुत गरेका प्रस्तुति अनुसार प्राधिकरणले हाल सम्म ४६% निजी आवास पुननिर्माण कार्य सम्पन्न गरिसकेको छ भने ४९.६% क्षतिग्रस्त विद्यालय भवनहरुको पुननिर्माण भइसकेको छ । त्यसैगरी भूकम्पले क्षति पु¥याएका स्वास्थ्य संस्थाहरुमा ४८% भवन पुननिर्माण भएका, ३७% सरकारी भवन, ४८% सुरक्षा निकायका भवनहरु र ५२% पुरातात्विक संरचनाहरुको पुननिर्माण यस दुई वर्षको अवधीमा पुरा भएको प्रवक्ता भुषालले जानकारी दिए । गैह््सरकारी संस्थाहरुद्वारा ८३८२ निजी आवास, ३५८ विद्यालय, ३७ स्वास्थ्य संस्थाहरु निर्माण÷पुनः निर्माण भएका जानरकारी पनि उनले दिए ।
कार्यक्रममा पुनर्निर्माणका विभिन्न क्षेत्रमा संलग्न भई प्रतिबद्धता अनुसार कार्य सम्पन्न गरेका गैरसरकारी संस्थाहरुलाई अभिनन्दन गरिएको थियो भने प्राधिकरणका १२ कर्मचारीलाई पनि प्रशंसा–पत्रवितरण गरिएको थियो । कार्यक्रम प्राधिकरणका उपसचिव तथा सह–प्रबक्ता डा. भीष्मकुमार भूसाल र उपसचिव विन ब्रजाचार्य कुँवरद्वारा सञ्चालन गरिएको थियो ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...