‘प्रधानसेनापति प्रशंसा निशान’ सुशोभन समारोह सम्पन्न – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

‘प्रधानसेनापति प्रशंसा निशान’ सुशोभन समारोह सम्पन्न

काठमाडौं । गएको फाल्गुन ३० गते जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमबीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले कोरोना टाक्स फोर्समा खट्टिएका सैनिक र गैह्र सैनिक व्यक्तिहरुलाई कदर स्वरुप ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरेका छन् ।

उक्त सुशोभन कार्यक्रममा सम्बोधन गर्दै प्रधानसेनापति महारथी थापाले उच्च जोखिमका बावजुद नेपाल सरकारबाट प्रदत्त जिम्मेवारीलाई अहोरात्र खट्टिई निर्वाह गरेकोले प्रशंसनिय कार्यको लागि धन्यवाद ज्ञापन गर्दै उक्त साहसिक कार्य सबैका लागि प्रेरणादायी हुने विश्वास समेत व्यक्त गरेका थिए ।

मित्रराष्ट्र चीनमा कोरोना भाईरसको संक्रमण बढेपश्चात चीनमा रहेका १७५ जना नेपाली नागरिकहरुलाई नेपालमा ल्याउने र निषेधावधि (क्वारेन्टाइन) को लागि ७६ फाल्गुन ४ गतेबाट ऐ.१८ गतेसम्म भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युेत प्राधिकरणको तालिम केन्द्रमा स्वास्थ्य अवस्थाको रेखदेख तथा सुरक्षा व्यवस्थाको कार्यमा खट्टिएका १९ जना सैनिक र १ जना गैह्र सैनिक डाक्टरलाई उक्त निशानबाट सुशोभित गरिएको हो ।

नेतृत्व तहबाट गरिएको यस प्रकारको कदर तथा प्रशंसाले सैनिकहरुको कार्य क्षमता, आत्मबल तथा संगठनप्रतिको सकारात्मक भावनामा बृद्धि हुनुको साथै आगामी दिनहरुमा यस प्रकारको मानविय तथा जोखिमपूर्ण कार्यमा स्वतःस्फूर्त रुपमा सहभागीताको लागि प्रेरणादायी हुने विश्वास नेपाली सेनाको रहेको छ ।

सम्बन्धित समाचार

यस्तै महाविपत्तिसँगको प्रतिकारका लागि दीर्घकालीन सोचको आवश्यकता
यस्तै महाविपत्तिसँगको प्रतिकारका लागि दीर्घकालीन सोचको आवश्यकता
  • २०७६ चैत्र ३, ०६: १३

  १. भदौ १०को महाविपत्ति चाहे त्यो हिमालको भयानक हिमाली चट्टान तल ल्हेन्दे नदीमा बज्रेर होस् या भूकम्पीय झड्काले हिमनदी...

पुनर्जीवनका लागि असोजमा १५ औं महाधिवेशन
पुनर्जीवनका लागि असोजमा १५ औं महाधिवेशन
  • २०७६ चैत्र ३, ०६: १३

काठमाडौं । नेपालको राष्टिय राजनीतिमा नेपाली कांग्रेसको पहिचान एउटा राजनीतिक दलका रूपमा मात्र सीमित नभएर मुलुकको लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण...

अब के हुन्छ भन्ने प्रश्नमा घेरिएको नेपाली कांग्रेस
अब के हुन्छ भन्ने प्रश्नमा घेरिएको नेपाली कांग्रेस
  • २०७६ चैत्र ३, ०६: १३

१. सबैतिर एउटै प्रश्न—अब नेपाली कांग्रेसको भविष्य के हुने हो ? नेपाली कांग्रेसको विशेष अधिवेशन भएको पनि करिब ८ महिना...