कांग्रेस नेता तथा पूर्वमन्त्री शेर्माको निधन – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

कांग्रेस नेता तथा पूर्वमन्त्री शेर्माको निधन

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् पूर्वस्थानीय विकास मन्त्री पूर्णकुमार शेर्मा (लिम्वू) को फागुन २८ गते ललितपुरको निदान अस्पतालमा उपचारका क्रममा निधन भएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनहरु र नेपाली कांग्रेसको संगठनमा सक्रिय भूमिका निर्वाह गरेका शेर्मा कांग्रेसको पाँचथरका पूर्व जिल्ला सभापति तथा एक अग्रज र निष्ठावान नेता थिए ।

शेर्मा २०३६ को जनमत संग्रहमा बहुदल प्रचार प्रसार समिति पाँचथरको अध्यक्ष र भूपूसांसद गणेशप्रसाद रिजालको सभापतित्वमा रहेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरको उपसभापति भएका थिए । २०४८ अषाढ १२ गते राष्ट्रिय सभाको सांसद भएका शेर्मा २०५१ कात्र्तिक २९ गते भएको मध्यावधि निर्वाचनमा राष्ट्रिय सभा सांसद पदबाट राजीनामा गरी पाँचथर जिल्ला निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार, २०५५ मा पार्टीको केन्द्रीय समन्वय विभागको सदस्य, पार्टीको दशौँ (२०५७) र एघारौँ महाधिवेशन (२०६२) मा नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरको सभापति थिए ।

२०५८ आश्विन ९ गते नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित र पार्टीको एघारौँ महाधिवेशनपछि २०६२ कात्तिक १ गते नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा पुनः मनोनित भएका शेर्मा २०४२ को सत्याग्रहमा काठमाडौँमा पक्राउ परी झापा चन्द्रगढी जेलमा ६ महिना विताएका थिए । पाँचथरको साराङडाँडा—७ निगालेमा २००० साल असोज १२ गते जन्मिएका स्वर्गीय शेर्माको पत्नी, दुई छोरा र पाँच छोरी छन् ।

शेर्माको पार्थिव शरीर फागुन ३० गते विहान ९ बजेदेखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको थियो भने सोही दिन अन्त्यष्टीप् गरिएको थियो । शेर्माको निधनप्रति कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त शेर्माको निधनले आफूलाई अत्यन्त दुःखीत र स्तब्ध बनाएको भन्दै उनको निधनबाट पार्टीले एक निष्ठावान नेतृत्वलाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

शेर्माको निधनपछि कांग्रेस केन्द्रीय कार्यसमितिको फागनु ३० गते बसेको आकस्मिक बैठकले कांग्रेसको संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनहरु तथा समुदायको उत्थान, सामाजिक सेवा र ग्रामिण विकासमा योगदान पु¥याएका शेर्माको निधनले पार्टीलाई क्षति पुगेको भन्दै शेर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण २०७६ फागुन ३०, चैत्र १ र २ गते तीनदिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।

बैठकले चैत २ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने र शेर्माको स्वर्गारोहणको १३ औं दिन केन्द्र र सबै जिल्लामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने निर्णंय गरेको थियो ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७६ चैत्र ३, ०६: १७

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७६ चैत्र ३, ०६: १७

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७६ चैत्र ३, ०६: १७

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...