फिजीका प्रधानमन्त्रीका छोराविरुद्ध १७ मुद्दा – Naya Bikalpa
August 4, 2026, Tuesday      Epaper

फिजीका प्रधानमन्त्रीका छोराविरुद्ध १७ मुद्दा

एजेन्सी । फिजीका प्रधानमन्त्री फ्रान्क बैनिमारामाका छोरालाई अस्ट्रेलियामा घरेलु हिंसाको आरोप लागेको छ ।

३६ वर्षीय रातु मेली बैनीमारमामाथि कुटपिट लगायतका १७ वटा मुद्दा चलिरहेको लागेको छ ।

उनीमाथि सम्पत्तिमा क्षति पुर्‍याएको र सहमतिबिना तस्बिर बाँडेको आरोप पनि लागेको छ ।

ती अपराधहरू सिड्नीमा फेब्रुअरी र मे महिनाको बीचमा भएको थियो । यस महिनाको सुरुमा पुलिसमा उजुरी परेपछि उनी गत हप्ता पक्राउ परेका थिए ।

बैनीमारमालाई जमानत दिइएको छ र उनीमाथि लागेको मुद्दामा अक्टोबरमा सुनुवाइ हुनेछ ।

उनी फ्रान्क बैनीमारामाका एक मात्र छोरा हुन्, जो एक वर्ष अघि सैन्य विद्रोहको नेतृत्व गरेपछि सन् २००८ देखि सत्तामा छन् ।

सम्बन्धित समाचार

आज बस्दै प्रतिनिधिसभा बैठक, भूमिहीन र सुकुम्बासीको मुद्दा प्रमुख एजेन्डामा
आज बस्दै प्रतिनिधिसभा बैठक, भूमिहीन र सुकुम्बासीको मुद्दा प्रमुख एजेन्डामा
  • २०७९ आश्विन ३, ०९: ४४

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा सरकारका तर्फबाट विभिन्न महत्वपूर्ण...

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७९ आश्विन ३, ०९: ४४

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ...

आज प्रतिनिधिसभाको बैठक बस्दै
आज प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७९ आश्विन ३, ०९: ४४

काठमाडौं : संघीय संसद प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ। मंगलबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा...