काठमाडौं । आर्थिक र राजनीतिक संकटबीच सन् २०१५ देखि ७० लाखभन्दा बढी भेनेजुएली नागरिकहरूले आफ्नो मातृभूमि छोडेका छन् ।
संयुक्त राष्ट्रसंघको एक तथ्यांक सार्वजनिक गर्दै उक्त विस्थापितमध्ये आधाभन्दा बढीले खाद्यान्न, आवास र रोजगारीमा पहुँच जस्ता चुनौतीहरू सामना गर्नु पर्ने संयुक्त राष्ट्रले जनाएको छ ।
भेनेजुएला छोडेका ८० प्रतिशतभन्दा बढी ल्याटिन अमेरिका र क्यारिबियनमा बसोबास गरिरहेका छन्, जुन देश प्रायः आफ्नै नागरिकहरूलाई स्वास्थ्य र शिक्षा प्रदान गर्न संघर्ष गरिरहेका छन् ।
संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्यांकमा भेनेजुएलाको जनसंख्या सन् २०१५ मा ३०.०८ मिलियनबाट घटेर अहिले आधारित अनुमानित २८.२५ मिलियनमा पुगेको छ ।
हरेक दिन ३,००० भन्दा बढी आप्रवासीहरू त्यहाँ पुग्ने गरेका छन् । तीमध्ये अधिकांश भेनेजुएली छन् ।
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा सरकारका तर्फबाट विभिन्न महत्वपूर्ण...
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ...
काठमाडौं : संघीय संसद प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ। मंगलबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा...