कतारले दियो कामदारलाई बिदामा बस्न दबाब – Naya Bikalpa
August 4, 2026, Tuesday      Epaper

कतारले दियो कामदारलाई बिदामा बस्न दबाब

कतार । विश्व कप फुटबल नजिकिएसँगै सयौँ आप्रवासी कामदारलाई बिदामा बस्न दबाब दिएको छ । मध्य दोहामा रहेका कामदारलाई उनीहरु बसिरहेको ठाउँ खाली गर्न र बिदामा बस्न दबाब दिइएको हो ।

विश्व कप फुटबलको प्रतिस्पर्धाका लागि लाखौँ विदेशी पाहुनालाई स्वागत गर्ने पर्खाइमा रहेको कतारको छविलाई भने धुमिल पारेको स्थानीय बासिन्दा र कामदारहरूले बताएका छन् ।

अल–मन्सौराको आसपास तथा अपार्टमेन्टमा बसेका दर्जनौँ श्रमिकहरू सडकमा निकालिएको समाचारमा जनाएको छ ।

कतारको २८ लाख जनसङ्ख्यामध्ये ८० प्रतिशतभन्दा धेरै नेपाल, भारत, पाकिस्तान, बङ्लादेश, फिलिपिन्सका साथै अफ्रिकी देश केन्या र युगान्डालगायत देशबाट कामको सिलसिलामा स्थायी तथा अस्थायी बसोबास गर्नेहरु रहेका छन् ।

जबरजस्ती बिदामा बस्न लगाइएका कामदारहरूले तलब नपाएको भन्दै आलोचना हुँदै आएको छ । आउँदो नोभेम्बर २० देखि विश्व कप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

तर प्रतियोगिताको तयारी तथा निर्माण कार्यमा खटिएका श्रमिकलाई गरेको व्यवहारले कतारको आलोचना हुँदै आएको छ।

सम्बन्धित समाचार

आज बस्दै प्रतिनिधिसभा बैठक, भूमिहीन र सुकुम्बासीको मुद्दा प्रमुख एजेन्डामा
आज बस्दै प्रतिनिधिसभा बैठक, भूमिहीन र सुकुम्बासीको मुद्दा प्रमुख एजेन्डामा
  • २०७९ कार्तिक १३, ०९: ३०

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा सरकारका तर्फबाट विभिन्न महत्वपूर्ण...

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७९ कार्तिक १३, ०९: ३०

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ...

आज प्रतिनिधिसभाको बैठक बस्दै
आज प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७९ कार्तिक १३, ०९: ३०

काठमाडौं : संघीय संसद प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ। मंगलबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा...