पाकिस्तानी प्रधानमन्त्री चीनमा – Naya Bikalpa
August 4, 2026, Tuesday      Epaper

पाकिस्तानी प्रधानमन्त्री चीनमा

पाकिस्तान । प्रधानमन्त्री शहबाज सरिफले चीनको भ्रमण सुरु गरेका छन् । प्रधानमन्त्री सरिफ एक उच्चस्तरीय प्रतिनिधिमण्डलसँगै मंगलबार साँझ चीनको राजधानी बेइजिङ पुगेका छन् ।

दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री सरिफले चीनका राष्ट्रपति सी चीन फिङलाई भेट्न जाँदैछन् चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ महाधिवेशन सकिएपछि सीले पार्टी महासचिवको रूपमा तेस्रो कार्यकाल पाएको केही दिनपछि सरिफ चीन पुगेका हुन् ।

चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा सरिफले भ्रमण गरेका हुन्। सरिफसँगै विदेशमन्त्री बिलावल भुट्टो जरदारी पनि भ्रमणमा छन् ।

भ्रमणका क्रममा सरिफलले ६५ अर्ब डलर लगानीको चीन पाकिस्तान आर्थिक करिडरलगायतका विषयमा छलफल गर्ने बताइएको छ ।

सम्बन्धित समाचार

आज बस्दै प्रतिनिधिसभा बैठक, भूमिहीन र सुकुम्बासीको मुद्दा प्रमुख एजेन्डामा
आज बस्दै प्रतिनिधिसभा बैठक, भूमिहीन र सुकुम्बासीको मुद्दा प्रमुख एजेन्डामा
  • २०७९ कार्तिक १६, १०: ५५

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा सरकारका तर्फबाट विभिन्न महत्वपूर्ण...

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७९ कार्तिक १६, १०: ५५

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ...

आज प्रतिनिधिसभाको बैठक बस्दै
आज प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७९ कार्तिक १६, १०: ५५

काठमाडौं : संघीय संसद प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ। मंगलबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा...