बेलायती राजकुमार र अमेरिकी राष्ट्रपतिबीच भेट – Naya Bikalpa
August 3, 2026, Monday      Epaper

बेलायती राजकुमार र अमेरिकी राष्ट्रपतिबीच भेट

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका राजकुमार विलियमबीच बोस्टनमा भेट भएको छ । अर्थशट पुरस्कार समारोहमा सहभागी हुन प्रिन्स विलियम आफ्नी पत्नी केटसँगै बोस्टनमा पुगेका थिए ।

संयोगवश बाइडेन पनि डेमोक्रेटिक पार्टीको कोष संकलन कार्यक्रममा भाग लिन बोस्टन शहरमा पुगेका थिए । उनीहरुबीच करिब आधाघन्टा भेटवार्ता भएको थियो ।

दुबैबीच अनौपचारिक कुराकानी पनि भएको थियो । बाइडेनले राजकुमार विलियमसँग आगामी दिनमा पनि ‘समय विताउन तत्पर रहेको ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन–पियरले बताइन् ।

विलियमसँग भेट गरेपछि बाइडेन फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको लागि व्हाइट हाउसमा आयोजित रात्रिभोजमा सहभागी भएका थिए ।

सम्बन्धित समाचार

देशभर वर्षाको सम्भावना
देशभर वर्षाको सम्भावना
  • २०७९ मंसिर १७, ०९: ५६

काठमाडौं : आज देशभर सामान्यदेखि पूर्ण बदली रहने र अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । विशेषगरी पहाडी भू–भागका धेरै...

पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी
  • २०७९ मंसिर १७, ०९: ५६

काठमाडौं : नेपाल पत्रकार महासंघको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन-२०२६’ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी...

संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
  • २०७९ मंसिर १७, ०९: ५६

जनकपुर । संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच आइतबार पुनः वार्ता भएको छ। जनकपुरधामस्थित यात्री निवास होटलमा भएको छलफलमा...