पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : आयल निगम – Naya Bikalpa
August 11, 2026, Tuesday      Epaper

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : आयल निगम

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ ।

“पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको हो, थानकोट डिपोबाट लोड भएर मागअनुसार तेल गइसकेको छ, कतिपयमा पुगिसके, कतिपयमा पुग्ने क्रममा छ”, काठमाडौँ उपत्यकासहित प्रमुख सहरका पम्पमा इन्धन भर्नेको लाइन देखिएका सम्बन्धमा स्पष्ट पार्दै निगमका प्रवक्ता मनोज ठाकुरले भने, “पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ, अहिले कुनै समस्या छैन ।”

उपत्यकासहित प्रमुख सहरका पम्पमा एक्कासि उपभोक्ताको चाप बढेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा निगमले केही पम्पको अनुगमन समेत गरेको थियो ।

काठमाडौँ उपत्यकाका पम्पहरूले आज निगमको थानकोटस्थित डिपोबाट १३ लाख लिटर डिजेल र १३ लाख लिटर पेट्रोल उठाएका प्रवक्ता ठाकुरले जानकारी दिए। हाल उपत्यकामा करिब १३० भन्दा बढी पम्प रहेका छन् ।

सम्बन्धित समाचार

यी स्थानमा आज भारी वर्षाको सम्भावना
यी स्थानमा आज भारी वर्षाको सम्भावना
  • २०८३ असार १७, १९: ४६

काठमाडौं : आज दिउँसो देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा बदली रहने मौसम पूर्वानुमान गरिएको छ । जल तथा मौसम...

नुवाकोट कांग्रेस सभापति महतले नेता डा. महतलाई साक्षी राखेर पार्टी एक गराउन गरे आग्रह
नुवाकोट कांग्रेस सभापति महतले नेता डा. महतलाई साक्षी राखेर पार्टी एक गराउन गरे आग्रह
  • २०८३ असार १७, १९: ४६

काठमाडौं : नेपाली कांग्रेसभित्र देखिएको विवादलाई साम्य पार्न पार्टीका नेता तथा शुभचिन्तकहरू लागिपरेका देखिन्छन्। विभिन्न अनौपचारिक भेला तथा कार्यक्रमहरू निरन्तर...

आज देशका केही स्थानमा वर्षाको सम्भावना, कर्णालीसहित तीन प्रदेशमा भारी वर्षाको पूर्वानुमान
आज देशका केही स्थानमा वर्षाको सम्भावना, कर्णालीसहित तीन प्रदेशमा भारी वर्षाको पूर्वानुमान
  • २०८३ असार १७, १९: ४६

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान...