
काठमाडौँ : सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरेको छ ।
पौडेललाई गैरकानुनी हिरासतमा राखिएको भन्दै उनकी श्रीमती दोमाया पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । बिहीबार उक्त रिटमा न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेकोको इजलासले रिट खारेज गरेको हो ।
त्यस्तै पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ ।
सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानको क्रममा पक्राउ परेका पौडेललाई तेस्रोपटक म्याद थप गरिएको हो । विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासबाट ६ दिनको म्याद थप गरिएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ गरिएका पौडेललाई यसअघि ९ गते ७ दिन र १५ गते ३ दिनको म्याद थपिएको थियो ।
काठमाडौं : आज दिउँसो देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा बदली रहने मौसम पूर्वानुमान गरिएको छ । जल तथा मौसम...
काठमाडौं : नेपाली कांग्रेसभित्र देखिएको विवादलाई साम्य पार्न पार्टीका नेता तथा शुभचिन्तकहरू लागिपरेका देखिन्छन्। विभिन्न अनौपचारिक भेला तथा कार्यक्रमहरू निरन्तर...
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान...