आज यी स्थानमा वर्षाको सम्भावना – Naya Bikalpa
August 11, 2026, Tuesday      Epaper

आज यी स्थानमा वर्षाको सम्भावना


काठमाडौं : देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर साधारणतया बादल लागेको छ।

बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्ने छ।

देशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना छ।

तराईका केही स्थानमा पनि मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

आज राति पनि देशभर साधारणतया बादल रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

साथै, पहाडी र तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने छ।

महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ।

सम्बन्धित समाचार

यी स्थानमा आज भारी वर्षाको सम्भावना
यी स्थानमा आज भारी वर्षाको सम्भावना
  • २०८३ असार १९, ०७: ३०

काठमाडौं : आज दिउँसो देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा बदली रहने मौसम पूर्वानुमान गरिएको छ । जल तथा मौसम...

नुवाकोट कांग्रेस सभापति महतले नेता डा. महतलाई साक्षी राखेर पार्टी एक गराउन गरे आग्रह
नुवाकोट कांग्रेस सभापति महतले नेता डा. महतलाई साक्षी राखेर पार्टी एक गराउन गरे आग्रह
  • २०८३ असार १९, ०७: ३०

काठमाडौं : नेपाली कांग्रेसभित्र देखिएको विवादलाई साम्य पार्न पार्टीका नेता तथा शुभचिन्तकहरू लागिपरेका देखिन्छन्। विभिन्न अनौपचारिक भेला तथा कार्यक्रमहरू निरन्तर...

आज देशका केही स्थानमा वर्षाको सम्भावना, कर्णालीसहित तीन प्रदेशमा भारी वर्षाको पूर्वानुमान
आज देशका केही स्थानमा वर्षाको सम्भावना, कर्णालीसहित तीन प्रदेशमा भारी वर्षाको पूर्वानुमान
  • २०८३ असार १९, ०७: ३०

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान...