कांग्रेस केन्द्रीय समिति बैठकमा मुख्यमन्त्री बानियाँले गरे बागमती सरकारबारे ब्रिफिङ, पार्टी एकतामा जोड – Naya Bikalpa
September 5, 2026, Saturday      Epaper

कांग्रेस केन्द्रीय समिति बैठकमा मुख्यमन्त्री बानियाँले गरे बागमती सरकारबारे ब्रिफिङ, पार्टी एकतामा जोड

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकारबारे ब्रिफिङ गरेका छन् । बानियाँले पार्टी केन्द्रीय कार्यालयमा जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेस नेतृत्वको बागमती प्रदेश सरकार र वर्तमान परिस्थितिबारे ब्रिफिङ गरेका हुन् ।

बैठकमा मुख्यमन्त्री बानियाँले प्रदेशको ठूलो दल नेपाली कांग्रेसले सरकारको नेतृत्व गरिरहेकोमा सत्ता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिए पछि अल्पमतमा परेको परिस्थितिबारे अवगत गराएका छन् ।

उनले हालको प्रदेशसभाको अंकगणित अनुसार बहुमतका लागि चाहिने संख्या कसैले पनि पुर्‍याउन नसकेको बताए । हाल नेकपा एमाले र नेकपाबीच सरकार गठनका लागि गठबन्धन भएपनि प्रदेशसभामा रहेका राप्रपा र नेमकिपाले कतै समर्थन नगरेको र हाम्रो नेपाली पार्टी कांग्रेस नेतृत्वको सरकारमा समावेश भईसकेकाले बहुमत पुग्न नसक्ने अवस्था रहेको स्पष्ट पारे ।

नेपाली कांग्रेस प्रदेश संसदीय दलले सबै दललाई नेपाली कांग्रेस नेतृत्वको सरकारमा समावेश भई प्रदेशमा देखिएको अन्यौलता अन्त्य गर्न लिखित आग्रह गरेपछि हाम्रो नेपाली पार्टी सरकारमा आएको बताउँदै उनले अन्य दललाई सरकारमा सहभागी गराउन आफु प्रयासरत रहेको जानकारी गराएका थिए ।

पार्टीको बागमती प्रदेशसभापति समेत रहेका बानियाँले पार्टीको आन्तरिक एकता मजबुद हुनुपर्ने धारणा राखेका थिए । विगतमा २००७ सालदेखि हालसम्मका आन्दोलनमा कांग्रेसले अन्य पार्टीसंग समेत सहकार्य गरेको स्मरण गराउँदै आफ्नो आन्तरिक एकता मजबुद बनाउनुपर्नेमा जोड दिए । उनले विगतमा पनि सरकार र पार्टी नेतृत्वमाथि आलोचना हुने गरेकाले नेतृत्वमाथिको आलोचनालाई सामान्य रुपमा लिंदै पार्टी एकतालाई मजबुद्ध बनाउनेतर्फ अघि बढ्न आग्रह गरे । पार्टी एकताका लागि आफुले गर्नुपर्ने सहयोग पार्टी नेतृत्वलाई सधैं रहने उनको भनाई थियो ।

उनले पार्टीका पूर्व पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई समेत पार्टी कार्यालयबाटै आफ्नो गतिविधि अघि बढाउन र पार्टीभित्रै संघर्ष गर्न आग्रह गरे । पार्टीभित्रका दुबै पक्षका केही अतिवादी प्रवृत्तिको आलोचना गर्दै उनले आफ्नो काम र व्यवहार सकारात्मक ढंगले अघि बढाउन उनले सुझाव दिए ।

सम्बन्धित समाचार

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
  • २०८३ श्रावण २७, १८: ५१

काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्‍यो । कतिपय बाढीमा...

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
  • २०८३ श्रावण २७, १८: ५१

काठमाडौं : प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौंस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ । चलचित्रको कथासँग प्रत्यक्ष...

३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
  • २०८३ श्रावण २७, १८: ५१

काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)...