कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने


काठमाडौं : नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने भएको छ । बिहीबार बसेको कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सातौँ बैठकले सम्मेलन गर्ने जनाएको हो । सम्मेलनमा स्टार्टअप एवम साना तथा मझौला उद्यमी सहभागी हुनेछन् ।

पार्टी उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले महिला उद्यमीलाई एउटै साझा मञ्चमा ल्याई अनुभव आदानप्रदान, लगानीकर्तासँग भेटघाट, सरकारी निकायसँग समन्वय, नयाँ बजारको खोजी तथा प्रेरणादायी वातावरण निर्माण गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको बताए ।

यस्तै, बीपी स्मृति दिवसका अवसरमा गत साउन ६ गते आयोजना गरिएको ग्रीन रन प्रतियोगिताअन्तर्गत महिला दौड भदौ ६ गते पुनः सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । कांग्रेस कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार, अघिल्लो महिनाको दौडका प्रतियोगीलाई प्राविधिक कारणले विजेता घोषणा गर्न नसकिएकोले पुनः दौड आयोजना गर्न लागिएको बताए ।

बैठकले प्रतिष्ठानका सदस्य राकेश सिंहको संयोजकत्वमा समुदाय पहुँच उपसमिति गठन गरेको छ । केन्द्रीय सदस्य डा. अमिता प्रधान संयोजक रहेकी छन् ।

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति शर्मासहित १२ नेताले राखे धारणा
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति शर्मासहित १२ नेताले राखे धारणा
  • २०८३ श्रावण २९, ०७: ३३

ललितपुर : ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा साउन २४ गतेदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक साउन ३१ गते आइतबार...

अहंकार त्यागेर पार्टी एकतामा आउन इतर पक्षलाई सुजाताको आग्रह : ‘देउवाजी, अब पदका लागि नलड्नुहोस्, अभिभावक बन्नुहोस्’
अहंकार त्यागेर पार्टी एकतामा आउन इतर पक्षलाई सुजाताको आग्रह : ‘देउवाजी, अब पदका लागि नलड्नुहोस्, अभिभावक बन्नुहोस्’
  • २०८३ श्रावण २९, ०७: ३३

काठमाडौं : नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीभित्रको इतर पक्षलाई अहंकार त्यागेर मूल प्रवाहमा समाहित हुन र एकताको पक्षमा उभिन...

देउवाको उपस्थितिमा कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु
देउवाको उपस्थितिमा कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु
  • २०८३ श्रावण २९, ०७: ३३

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पानसमा बत्ती...