नेपाली जनसम्पर्क समिति कतारको छैटौं अधिवेशन केन्द्रीय महाधिवेशनपछि, १४ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन, वर्तमान कार्यसमितिले नै निरन्तरता पाउने – Naya Bikalpa
September 30, 2026, Wednesday      Epaper

नेपाली जनसम्पर्क समिति कतारको छैटौं अधिवेशन केन्द्रीय महाधिवेशनपछि, १४ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन, वर्तमान कार्यसमितिले नै निरन्तरता पाउने

दोहा : नेपाली जनसम्पर्क समिति कतारले छैटौँ अधिवेशन नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन सम्पन्न भएपछि अनुकूल समयमा सर्वसम्मत रूपमा गर्ने निर्णय गरेको छ। समितिको पूर्ण बैठकले वर्तमान परिस्थितिमा तत्काल अधिवेशन गर्न प्राविधिक तथा प्रशासनिक कठिनाइ रहेको निष्कर्ष निकाल्दै संगठनको एकता र केन्द्रीय महाधिवेशनमा कतारको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले यस्तो निर्णय गरेको हो।

समितिका सभापति मोहम्मद अजिज अलीको अध्यक्षतामा बसेको पूर्ण बैठकले छैटौँ अधिवेशन, कार्यसमिति तथा महासमिति सदस्य र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनलगायतका विषयमा विस्तृत छलफल गरेको थियो।

बैठकले मध्यपूर्वको वर्तमान संवेदनशील परिस्थिति, स्थानीय सरकारी अनुमति तथा अन्य प्राविधिक कारणले तत्काल छैटौँ अधिवेशन सम्पन्न गर्न असहज देखिएको जनाएको छ। संगठनका संस्थापक अग्रज, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि तथा प्रमुख सल्लाहकार र सल्लाहकारहरूको सुझावसमेतलाई आधार बनाउँदै केन्द्रीय महाधिवेशन सम्पन्न भएपछि कतार फर्किएर अनुकूल समयमा सर्वसम्मतिबाट अधिवेशन गर्ने निर्णय गरिएको हो।

वर्तमान कार्यसमितिले निरन्तरता पाउने

छैटौँ अधिवेशन सम्पन्न नभएसम्म वर्तमान कार्यसमितिको नेतृत्व यथावत् रहने निर्णय बैठकले गरेको छ।

आगामी अधिवेशनलाई सर्वस्वीकार्य, व्यवस्थित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सभापतिको संयोजकत्वमा रहेको मूल अधिवेशन आयोजक समितिले आवश्यक सदस्य थप गरी काम गर्ने निर्णयसमेत गरिएको छ।

१४ जना महाधिवेशन प्रतिनिधि चयन

बैठकले नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनमा नेपाली जनसम्पर्क समिति कतारको प्रतिनिधित्व सुनिश्चित गर्न केन्द्रले निर्धारण गरेको १४ जना महाधिवेशन प्रतिनिधिको संख्या सर्वसम्मत रूपमा अनुमोदन गरी केन्द्रमा प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको छ।

बैठकले छैटौँ अधिवेशनबाट निर्वाचित सभापति पदेन महासमिति सदस्य रहने व्यवस्थाअनुसार सभापतिबाहेक पाँच जना महासमिति सदस्य चयन गरेको जनाएको छ।

महासमिति सदस्यमा मोहम्मद अजिज अली – सभापति, नरेन्द्र भाट – संस्थापक सभापति, बिमल सुवेदी – संस्थापक महामन्त्री, शंकर न्यौपाने – प्रमुख सल्लाहकार, राज रेग्मी चयन भएका छन् ।

त्यस्तै, महाधिवेशन प्रतिनिधिमा क्रान्ति सिंह, ठाकुर कुमार परियार, केदार भूसाल, धीरज राई, खगेन्द्र खनाल, कृष्ण पंथी, बिकाश भुजेल, करीम बक्श मिया, हनिफ शाहिल चयन भएका छन्।

सभापति पदका आकांक्षी प्रतिनिधिको सूचीमै हुनुपर्ने

बैठकले आगामी कतार अधिवेशनमा सभापति पदका आकांक्षीका सम्बन्धमा पनि महत्वपूर्ण निर्णय गरेको छ।

विधानमा रहेको व्यवस्थाअनुसार अहिले केन्द्रमा पठाइने महाधिवेशन प्रतिनिधिको सूचीमा रहेका व्यक्तिमध्येबाट मात्र आगामी कतार अधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दाबी गर्न सकिने निर्णय गरिएको बैठकको विवरणमा उल्लेख छ।

बैठकले महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिका रूपमा चयन गरिएका नामहरू सर्वसम्मत रूपमा पारित गर्दै आवश्यक प्रमाणीकरणका लागि केन्द्रमा पठाउने निर्णय गरेको छ।

समितिले आगामी छैटौँ अधिवेशनलाई सहमति, एकता र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यका साथ सबै पक्षसँग आवश्यक समन्वय र सहकार्य गर्दै अघि बढ्ने जनाएको छ।

सम्बन्धित समाचार

१७ जना सहसचिवको सरुवा तथा कामकाजको व्यवस्थापन
१७ जना सहसचिवको सरुवा तथा कामकाजको व्यवस्थापन
  • २०८३ आश्विन १०, १९: २७

काठमाडौं : सरकारले प्रशासन सेवातर्फका १७ जना सहसचिवको सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग, बोर्ड तथा...

नेपाली जनसम्पर्क समिति क्यानडाद्वारा चैाथो अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा महाअधिवेशन प्रतिनिधिको प्रतिवेदन हस्तान्तरण
नेपाली जनसम्पर्क समिति क्यानडाद्वारा चैाथो अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा महाअधिवेशन प्रतिनिधिको प्रतिवेदन हस्तान्तरण
  • २०८३ आश्विन १०, १९: २७

काठमाडौं : नेपाली जनसम्पर्क समिति क्यानडाले चैाथो अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा महाअधिवेशन प्रतिनिधिको प्रतिवेदन हस्तान्तरण गरेको छ। नेपाली कांग्रेसका केन्द्रीय...

कांग्रेस महाधिवेशन : ४९ जिल्लामा क्षेत्रीय अधिवेशन असोज १४ गते र २३ जिल्लामा १५ गते सम्पन्न हुने
कांग्रेस महाधिवेशन : ४९ जिल्लामा क्षेत्रीय अधिवेशन असोज १४ गते र २३ जिल्लामा १५ गते सम्पन्न हुने
  • २०८३ आश्विन १०, १९: २७

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन जारी रहेको छ । क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली...