
उदयपुर : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उदयपुर क्षेत्र नम्बर–१ बाट युवा खुलातर्फ महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका सन्तोष श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिँदै अर्का उम्मेदवार विश्वराज तामाङलाई समर्थन गरेका छन्।
श्रेष्ठले उम्मेदवारी फिर्ता लिएसँगै युवा खुलातर्फ तामाङलाई समर्थन गर्ने घोषणा गरेका हुन्। श्रेष्ठले पार्टीभित्रको एकता र युवा नेतृत्वलाई अघि बढाउने उद्देश्यले आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन्।
उम्मेदवारी फिर्ता लिएपछि श्रेष्ठले विश्वराज तामाङलाई विजयी गराउन आफूले समर्थन गर्ने बताउँदै कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई सहयोगका लागि आग्रह गरेका छन्।
उदयपुर क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न समूह र क्लस्टरबाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारीहरू अघि बढिरहेका छन्। उम्मेदवारी फिर्ता र समर्थनका घटनाले महाधिवेशनको चुनावी गतिविधिलाई थप चासोको विषय बनाएको छ।
काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...