
उदयपुर : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उदयपुर क्षेत्र नम्बर–१ बाट युवा खुलातर्फ महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका सन्तोष श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिँदै अर्का उम्मेदवार विश्वराज तामाङलाई समर्थन गरेका छन्।
श्रेष्ठले उम्मेदवारी फिर्ता लिएसँगै युवा खुलातर्फ तामाङलाई समर्थन गर्ने घोषणा गरेका हुन्। श्रेष्ठले पार्टीभित्रको एकता र युवा नेतृत्वलाई अघि बढाउने उद्देश्यले आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन्।
उम्मेदवारी फिर्ता लिएपछि श्रेष्ठले विश्वराज तामाङलाई विजयी गराउन आफूले समर्थन गर्ने बताउँदै कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई सहयोगका लागि आग्रह गरेका छन्।
उदयपुर क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न समूह र क्लस्टरबाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारीहरू अघि बढिरहेका छन्। उम्मेदवारी फिर्ता र समर्थनका घटनाले महाधिवेशनको चुनावी गतिविधिलाई थप चासोको विषय बनाएको छ।
काठमाडौं : सरकारले प्रशासन सेवातर्फका १७ जना सहसचिवको सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग, बोर्ड तथा...
काठमाडौं : नेपाली जनसम्पर्क समिति क्यानडाले चैाथो अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा महाअधिवेशन प्रतिनिधिको प्रतिवेदन हस्तान्तरण गरेको छ। नेपाली कांग्रेसका केन्द्रीय...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन जारी रहेको छ । क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली...