
काठमाडौं : ऐतिहाशिक धार्मिक र पैाराणिक स्थलको रुपमा रहेको नयासडक, असन, इन्द्रचोक, महावैद्ध, सँकटा महाङ्काल, लगन, जैसिदेवल , भिमसेनस्थान , टेकुको पचली भैरव देखि कलङ्की हुँदै तिनथाना विष्णुदेवि, ककाँली मन्दिर, दहचोक ईन्द्रदह, ऐतिहाशिक स्थल कालू पाण्डे समाधिस्थल, भिमढुग्ङाको नर्सरी भन्ज्याङ्ग थाप्ले, रामकोट, स्युचाटार सम्म फैलिएको निर्वाचन क्षेत्र नँ ९ अन्तर्गत नेपाली कांग्रेसको वडा नगर अधिवेसन सकिय सगै क्षेत्रीय अधिवेसन आज सम्पन्न हुँदै छ ।
अधिकांश वडा देखि नगर समितिहरुमा सहमतिय वातावरणमा अधिवेसन सम्पन्न भएको छ । यो निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिकाको १२, १४ , २१, २२ पर्छन भने चन्द्रागिरि नगर पालिका अन्तर्गत त पाच वटा वडाहरुमा १, १२, १३, १४, र १५ रहेका छन । त्यसैगरी नागार्जुन नगर अन्तर्गत वडा नँ ६, ७, ८, ९, १० पर्दछन । यो क्षेत्रमा तिनवटा स्थानीय तह अन्तर्गत काठमाडौ महानगर समिति , चन्द्रागिरि नगर समिति र नागार्जुन नगर समितिको अधिवेशनले नेतृत्व चुनि सकेको छ ।
आज हुन लागेको क्षेत्रीय अधिवेसनमा पनि सर्वसम्मत गर्ने प्रयास जारी रहेको वताईएको छ । जसअनुसार सहरदेखि गाउँसम्म, समावेशीता देखि नवयुवासम्मको नेतृत्व चयन गराउन उक्त क्षेत्रमा रहेका केन्द्रीय सदस्यहरु धर्मराज गैातम, नानू वास्तोला, डा. अमिता प्रधान लगायत नेताहरु लागि परेका छन् । नेपाली काङ्ग्रेस काठमाडौ क्षेत्र नँ ९ अन्तर्गत १४ वडाहरुवाट क्षेत्रीय प्रतिनिधिहरुको नामावली निम्न अनुसार रहेको छ ।


काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...