नेपाली कांग्रेस : काठमाडौ निर्वाचन क्षेत्र नं. ९ को क्षेत्रीय अधिवेशन आज हुँदै – Naya Bikalpa
September 30, 2026, Wednesday      Epaper

नेपाली कांग्रेस : काठमाडौ निर्वाचन क्षेत्र नं. ९ को क्षेत्रीय अधिवेशन आज हुँदै


काठमाडौं : ऐतिहाशिक धार्मिक र पैाराणिक स्थलको रुपमा रहेको नयासडक, असन, इन्द्रचोक, महावैद्ध, सँकटा महाङ्काल, लगन, जैसिदेवल , भिमसेनस्थान , टेकुको पचली भैरव देखि कलङ्की हुँदै तिनथाना विष्णुदेवि, ककाँली मन्दिर, दहचोक ईन्द्रदह, ऐतिहाशिक स्थल कालू पाण्डे समाधिस्थल, भिमढुग्ङाको नर्सरी भन्ज्याङ्ग थाप्ले, रामकोट, स्युचाटार सम्म फैलिएको निर्वाचन क्षेत्र नँ ९ अन्तर्गत नेपाली कांग्रेसको वडा नगर अधिवेसन सकिय सगै क्षेत्रीय अधिवेसन आज सम्पन्न हुँदै छ ।

अधिकांश वडा देखि नगर समितिहरुमा सहमतिय वातावरणमा अधिवेसन सम्पन्न भएको छ । यो निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिकाको १२, १४ , २१, २२ पर्छन भने चन्द्रागिरि नगर पालिका अन्तर्गत त पाच वटा वडाहरुमा १, १२, १३, १४, र १५ रहेका छन । त्यसैगरी नागार्जुन नगर अन्तर्गत वडा नँ ६, ७, ८, ९, १० पर्दछन । यो क्षेत्रमा तिनवटा स्थानीय तह अन्तर्गत काठमाडौ महानगर समिति , चन्द्रागिरि नगर समिति र नागार्जुन नगर समितिको अधिवेशनले नेतृत्व चुनि सकेको छ ।

आज हुन लागेको क्षेत्रीय अधिवेसनमा पनि सर्वसम्मत गर्ने प्रयास जारी रहेको वताईएको छ । जसअनुसार सहरदेखि गाउँसम्म, समावेशीता देखि नवयुवासम्मको नेतृत्व चयन गराउन उक्त क्षेत्रमा रहेका केन्द्रीय सदस्यहरु धर्मराज गैातम, नानू वास्तोला, डा. अमिता प्रधान लगायत नेताहरु लागि परेका छन् । नेपाली काङ्ग्रेस काठमाडौ क्षेत्र नँ ९ अन्तर्गत १४ वडाहरुवाट क्षेत्रीय प्रतिनिधिहरुको नामावली निम्न अनुसार रहेको छ ।

सम्बन्धित समाचार

१७ जना सहसचिवको सरुवा तथा कामकाजको व्यवस्थापन
१७ जना सहसचिवको सरुवा तथा कामकाजको व्यवस्थापन
  • २०८३ आश्विन १२, ०७: ४३

काठमाडौं : सरकारले प्रशासन सेवातर्फका १७ जना सहसचिवको सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग, बोर्ड तथा...

नेपाली जनसम्पर्क समिति क्यानडाद्वारा चैाथो अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा महाअधिवेशन प्रतिनिधिको प्रतिवेदन हस्तान्तरण
नेपाली जनसम्पर्क समिति क्यानडाद्वारा चैाथो अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा महाअधिवेशन प्रतिनिधिको प्रतिवेदन हस्तान्तरण
  • २०८३ आश्विन १२, ०७: ४३

काठमाडौं : नेपाली जनसम्पर्क समिति क्यानडाले चैाथो अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा महाअधिवेशन प्रतिनिधिको प्रतिवेदन हस्तान्तरण गरेको छ। नेपाली कांग्रेसका केन्द्रीय...

कांग्रेस महाधिवेशन : ४९ जिल्लामा क्षेत्रीय अधिवेशन असोज १४ गते र २३ जिल्लामा १५ गते सम्पन्न हुने
कांग्रेस महाधिवेशन : ४९ जिल्लामा क्षेत्रीय अधिवेशन असोज १४ गते र २३ जिल्लामा १५ गते सम्पन्न हुने
  • २०८३ आश्विन १२, ०७: ४३

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन जारी रहेको छ । क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली...