
काठमाडौं : ऐतिहासिक धार्मिक र पैाराणिक स्थलको रुपमा रहेको नयासडक, असन, इन्द्रचोक, महावैद्ध, सँकटा महाङ्काल, लगन, जैसिदेवल , भिमसेनस्थान, टेकुको पचली भैरव देखि कलङ्की हुँदै तिनथाना विष्णुदेवि, ककाँली मन्दिर, दहचोक ईन्द्रदह, ऐतिहाशिक स्थल कालू पाण्डे समाधिस्थल, भिमढुग्ङाको नर्सरी भन्ज्याङ्ग थाप्ले, रामकोट, स्युचाटार सम्म फैलिएको निर्वाचन क्षेत्र नँ ९ अन्तर्गत नेपाली कांग्रेसको वडा नगर अधिवेसन सकिएसँगै क्षेत्रीय अधिवेसन आज सुरु भएको छ ।
राजेन्द्रप्रसाद भट्टराईको सभापतिमा सुरुभएको क्षेत्रीय अधिवेसनको उद्धघाटन समारोहमा केन्द्रीय सदस्य धर्मराज गैातम, नानू वास्तोला, डा. अमिता प्रधानले सँयुक्त रुपमा उध्दघाटन समारोहमा महासमिति सदस्यहरु किरण गिरि, रिता ढकाल दवाडी, सुधा रिजाल, रश्मिला मल्ल, गोमा गुरुङ लगायत महाअधिवेसन प्रतिनिधिहरु ईन्द्रमान तुलाधर, शिवजी भट्टराई, समिता खडगी, प्रदेश क का सभापति मोहनबहादुर वस्नेत, क्षेत्रीय कोषाध्यक्ष शर्मिला रन्जित वोहरा, त्यसैगरि नवनिर्वाचित नागार्जुन नगर सभापति राजेन्द्र वुढाथोकी, चन्र्दागिरि नगर समितिका सभापति प्रकाश श्रेष्ठ, प्रदेश उपसभापति रमेस प्रसाद गैातम लगायत प्रदेश कार्य समितिका पदाधिकारीहरु, वडा सभापतिहरु, क्षेत्रीय प्रतिनिधिहरु लगायत सन्चारकर्मी, वुद्धिजिवि, समाजसेवी लागायत नागरिक अगुवाहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सन्चालन प्रदेश सचिव माधव प्रसाद भुसालले गरेका थिए ।

अधिकांश वडा देखि नगर समितिहरुमा सहमतीय वातावरणमा अधिवेसन सम्पन्न भएको छ । यो निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिकाको १२, १४ , २१, २२ पर्छन भने चन्द्रागिरि नगर पालिका अन्तर्गत त पाच वटा वडाहरुमा १, १२, १३, १४ र १५ रहेका छन । त्यसैगरी नागार्जुन नगर अन्तर्गत वडा नँ ६, ७, ८, ९, १० पर्दछन । यो क्षेत्रमा तिनवटा स्थानीय तह अन्तर्गत काठमाडौ महानगर समिति, चन्द्रागिरि नगर समिति र नागार्जुन नगर समितिको अधिवेशनले नेतृत्व चुनिसकेको छ ।
आज हुन लागेको क्षेत्रीय अधिवेसनमा पनि सर्वसम्मत गर्ने प्रयास जारी रहेको वताईएको छ । जसअनुसार सहरदेखि गाउँसम्म, समावेशीता देखि नवयुवासम्मको नेतृत्व चयन गराउन उक्त क्षेत्रमा रहेका केन्द्रीय सदस्यहरु धर्मराज गैातम, नानू वास्तोला, डा. अमिता प्रधान लगायत नेताहरु लागि परेका छन् । नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नँ ९ अन्तर्गत १४ वडाहरुवाट क्षेत्रीय प्रतिनिधिहरुको नामावली निम्न अनुसार रहेको छ ।


काठमाडौं : सरकारले प्रशासन सेवातर्फका १७ जना सहसचिवको सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग, बोर्ड तथा...
काठमाडौं : नेपाली जनसम्पर्क समिति क्यानडाले चैाथो अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा महाअधिवेशन प्रतिनिधिको प्रतिवेदन हस्तान्तरण गरेको छ। नेपाली कांग्रेसका केन्द्रीय...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन जारी रहेको छ । क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली...