कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ मा उद्घाटन – Naya Bikalpa
September 30, 2026, Wednesday      Epaper

कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ मा उद्घाटन

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशन निर्धारित मितिभन्दा दुई दिन पछि सरेको छ । यसअघि असोज १६ गते उद्घाटन गर्ने तय गरिएको महाधिवेशन अब असोज १८ गते आयोजना हुने भएको हो ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिअनुसार, महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुनेछ ।

हाल देशका विभिन्न स्थानमा वडा, गाउँपालिका तथा नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन् भने प्रदेश सभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन प्रक्रिया जारी रहेको कांग्रेसले जनाएको छ । तर, पछिल्ला दिनमा परेको भारी वर्षाका कारण केही क्षेत्रमा अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया प्रभावित भएको बताइएको छ ।

निर्वाचन समिति तथा पार्टीका विभिन्न तहबाट प्राप्त जानकारीअनुसार प्रतिनिधि चयन प्रक्रिया असोज १५ गतेसम्म पनि जारी रहने देखिएपछि महाधिवेशन उद्घाटनको मिति सारिएको हो ।

कांग्रेसले असहज मौसमजन्य अवस्थालाई मध्यनजर गर्दै सबै प्रक्रिया व्यवस्थित रूपमा सम्पन्न गर्न महाधिवेशन दुई दिन पर सारिएको स्पष्ट पारेको छ ।

May be an image of map and text

सम्बन्धित समाचार

१७ जना सहसचिवको सरुवा तथा कामकाजको व्यवस्थापन
१७ जना सहसचिवको सरुवा तथा कामकाजको व्यवस्थापन
  • २०८३ आश्विन १३, १३: ३७

काठमाडौं : सरकारले प्रशासन सेवातर्फका १७ जना सहसचिवको सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग, बोर्ड तथा...

नेपाली जनसम्पर्क समिति क्यानडाद्वारा चैाथो अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा महाअधिवेशन प्रतिनिधिको प्रतिवेदन हस्तान्तरण
नेपाली जनसम्पर्क समिति क्यानडाद्वारा चैाथो अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा महाअधिवेशन प्रतिनिधिको प्रतिवेदन हस्तान्तरण
  • २०८३ आश्विन १३, १३: ३७

काठमाडौं : नेपाली जनसम्पर्क समिति क्यानडाले चैाथो अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा महाअधिवेशन प्रतिनिधिको प्रतिवेदन हस्तान्तरण गरेको छ। नेपाली कांग्रेसका केन्द्रीय...

कांग्रेस महाधिवेशन : ४९ जिल्लामा क्षेत्रीय अधिवेशन असोज १४ गते र २३ जिल्लामा १५ गते सम्पन्न हुने
कांग्रेस महाधिवेशन : ४९ जिल्लामा क्षेत्रीय अधिवेशन असोज १४ गते र २३ जिल्लामा १५ गते सम्पन्न हुने
  • २०८३ आश्विन १३, १३: ३७

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन जारी रहेको छ । क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली...