नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष विष्टले दिए राजीनामा – Naya Bikalpa
August 27, 2026, Thursday      Epaper

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष विष्टले दिए राजीनामा

नयाँ विकल्प

काठमाडौं- नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा। महेन्द्र विष्टले राजीनामा दिएका छन्। विष्टले प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री शेरबहादुर देउवासमक्ष बिहीबार राजीनामा दिएका हुन्।

बिष्ट तत्कालीन प्रधामन्त्री केपी शर्मा ओलीको पालामा चार वर्षका लागि नेपाल टेलिभिजनमा नियुक्त भएका थिए।

आफूलाई नियुक्त गर्ने केपी ओली नेतृत्वको सरकार अदालतको परमादेशबाट हटेपछि विष्टले राजीनामा दिएको बताएका छन्। फेसबुकमार्फत राजीनामा दिएको जानकारी दिँदै उनले आफूलाई विश्वास गरी जिम्मेवारी प्रदान गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, विभागीय मन्त्री गोकुल बास्कोटा एबम् यो जिम्मेवारीमा रहुञ्जेल आफूलाई ऊर्जा प्रदान गर्ने सबैमा आभार प्रकट गरेका छन्।

विष्टले आफ्नो कार्यकालमा नेपाल टेलिभिजनका सबै च्यानलहरूलाई एचडी प्रविधिमा रुपान्तरण गर्ने, रुग्ण आयोजनाको रुपमा रहेको इटहरी प्रसारण केन्द्रको भवन निर्माण कार्य सम्पन्न गरी एनटीभी इटहरी च्यानल सञ्चालन गर्ने, एनटीभी कोहलपुर प्रसारण केन्द्रलाई एनटीभी कोहलपुर च्यानलका रुपमा चौबीसै घण्टा नियमित प्रसारणमा ल्याउने, डिजिटल प्लेटफर्ममा नेपाल टेलिभिजनको बलियो उपस्थिति गराउने लगायतका कार्यहरू भएको उल्लेख गरेका छन्।

सम्बन्धित समाचार

भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
  • २०७८ श्रावण २२, ०८: ५९

काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...

रसुवा बाढी : ३५९ जनाको शव फेला
रसुवा बाढी : ३५९ जनाको शव फेला
  • २०७८ श्रावण २२, ०८: ५९

काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...

चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
  • २०७८ श्रावण २२, ०८: ५९

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश...