
काठमाडौं । असंलग्न आन्दोलन (नाम)को बैठक युगान्डामा सुरु भएको छ । बैठकको उद्घाटन अजरबैजानका विदेश मामिलाका उपमन्त्री र अजरबैजानी प्रतिनिधिमण्डलका प्रमुख याल्चिन रफियेभले गरेका छन् ।
अजरबैजानले सन् २०१९ मा एनएएमको अध्यक्षता ग्रहण गरेको र यो हप्ताको अन्त्यमा युगान्डालाई हस्तान्तरण गर्ने तयारी गरिएको छ ।
पूर्ण सत्रमा, संयुक्त राष्ट्रसंघका निम्ति प्यालेस्टाइनका राजदूत रियाद मन्सुरले सदस्यहरूलाई प्यालेस्टाइन–इजरायल संकटलाई सम्बोधन गर्न आग्रह गरे । मन्सुरले एनएएमले धेरै चुनौतीको सामना गरिरहेको र मध्यपूर्वको संकट सबैभन्दा दबाबपूर्ण रहेको बताए ।
लेबनान, संयुक्त अरब इमिरेट्स, इराक, टोगो, मोरिटानिया, माल्दिभ्सलगायत देशका प्रतिनिधिले इजरायल–प्यालेस्टाइन मुद्दालाई एजेन्डाको मुख्य स्थानमा राख्ने प्रयासलाई समर्थन गरे ।
सोमालियाको विदेश मामिला र अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयका स्थायी सचिव हम्जा अदान हाडोउले बैठकमा सदस्य राष्ट्रहरूले आफ्नो देशको सार्वभौमसत्तालाई छिमेकीमध्ये एउटा देशले हनन गरेको विषय पनि सम्बोधन गर्नुपर्ने बताए ।
इथियोपिया र सोमालिल्यान्ड, सोमालियाको एक स्वघोषित क्षेत्र, एक स्वतन्त्र राज्यका रूपमा सोमालिल्यान्डको मान्यताको बदलामा इथियोपियालाई लालसागरमा पहुँच विस्तार गर्न अनुमति दिने सम्झौतामा हस्ताक्षर गरिएको छ । सोमालियाले यसलाई आफ्नो क्षेत्रीय अखण्डताको उल्लंघन भएको जनाएको छ ।
युगान्डाको परराष्ट्र मन्त्रालयका अनुसार, १२० सदस्य राष्ट्रमध्ये ९३ देशका प्रतिनिधिको बैठकमा सहभागिता छ ।
असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आगामी माघ ४ गते युगान्डाको राजधानी कम्पालातर्फ प्रस्थान गर्दै छ ।
शिखर सम्मेलनअन्तर्गत प्रधानमन्त्री दाहालले माघ ५ गते ‘साझा वैश्विक समृद्धिका लागि सहयोग विस्तार’ विषयक प्रारम्भिक वैठकलाई सम्बोधन गर्ने छन् ।
काठमाडौं । जापानको दक्षिणपश्चिम क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। कुमामोटो प्रान्तीय सरकारले शुक्रबार सार्वजनिक गरेको...
काठमाडौं : नेपाल अडिटर्स एसोसिएसन (अडान) ले आफ्नो २१औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरण कार्यक्रम सम्पन्न गरेको...
वीरगन्ज : जिल्ला प्रशासन कार्यालय पर्साले आज पनि वीरगन्ज महानगरपालिकाका विभिन्न चार स्थानमा निषेधाज्ञा आदेश जारी गरेको छ । प्रमुख जिल्ला...