दोहामा सांसद डा.शर्मासहित केन्द्रीय सदस्य भट्टराई र महासमिति सदस्य ढकाल सम्मानित – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

दोहामा सांसद डा.शर्मासहित केन्द्रीय सदस्य भट्टराई र महासमिति सदस्य ढकाल सम्मानित

दोहा कतार)। कतारका लागि नेपाली राजदूत डा.नरेश विक्रम ढकालले विदेशी भूमिमा बसेर पनि नेपालको विकास, उन्नति र समृद्धिका लागि केही गरौं भन्ने नेपालीहरु कतारमा धेरै भएको बताएका छन्।

नेपाली जनसम्पर्क समिति कतारले सोमबार दोहास्थित नज्मामा आयोजित सम्मान तथा स्वागत कार्यक्रममा बोल्दै राजदूतले नेपालको केही गरौं भन्ने भावना भएका नेपाली कतारमा धेरै भएको र यहाँका नेपाली श्रमिकप्रति सांसद र पार्टीका नेता समेत चिन्ति भएको बताए।

उनले नेपाली श्रमिक र नेपालमा अन्य पेशा व्यवसायमा संलग्न भएका नेपालीहरुमाथि आई पर्ने समस्या समाधान गर्नका लागि नेपाली दूतावास सँधै पारदर्शी र जिम्मेवार भएर काम गरिरहेको बताए।

प्रतिनिधि सभाका सदस्य डा.शुनिल शर्माले देशलाई बनाउन सरकार राम्रो हुनु पर्ने भन्दै नेपाली कांग्रेसको आगामी महाधिवेशनमा १० वर्षे योजनाको खाका ल्याउन सक्ने नेतालाई मात्र केन्द्रीय सभापतिमा निर्वाचित गर्नु पर्ने बताए।

केन्द्रीय सदस्य गोमा भट्टराईले प्रवासी नेपालीका समस्या समाधान गर्न नेपाली कांग्रेस सदैव प्रतिवद्ध भएको बताईन।

कांग्रेस महासमिति सदस्य रिता ढकाल दवाडीले गत फागुनमा सम्पन्न महासमिति बैठकले पारित भएका प्रस्तावहरु कार्यान्वयन हुनु पर्नेमा जोड दिइन्।

 

नेपाली जनसम्पर्क समिति कतारका सभापति मो.अजिज अलीको सभापतित्वमा भएको सो कार्यक्रममा सघिय संसदका सदस्य डा.सुनिल सर्मा, नेपाली कांग्रेसकी केन्द्रिय सदस्य गोमा भट्टराई र पार्टी महासमिति सदस्य रीता ढकाल दवाडीलाई स्वागतसहित सम्मान गरिएको थियो।

नेपाली जनसम्पर्क समिति कतारका संस्थापक सभापति तथा पार्टीका महासमिति सदस्य नरेन्द्र भाटको विशेष अतिथ्यतामा भएको सो कार्यक्रममा जनसम्पर्क समिति कतारका सँस्थापक महामन्त्री तथा पार्टीका महासमिति सदस्य विमल सुवेदी, महाधिवेशन प्रतिनिधिहरु क्रान्ति सिंह, राज रेग्मी, प्रविण गुरुङ, जनसम्पर्क समिति कतारका पूर्वमहामन्त्री धिरज राईको सहभागिता थियो।

कार्यक्रममा पूर्वमहाधिवेशन प्रतिनिधि मो.साकिर अली, जनसम्पर्क समिति कतारका उपसभापति ठाकुर कुमार परियार, महामन्त्री केदार भुसाल, सह–महामन्त्री खगेन्द्र खनाल, जनसम्पर्क समितिका सचिवालय सदस्यद्वय छविलाल भट्टराई र कमल अर्याल, काठमाडौं मेडिकल कलेज (केएमसी)की कार्यकारी अध्यक्ष इन्दिरा बराल शर्मा, बरिष्ठ पत्रकार दामोदर प्रसाद दवाडीसहित प्रवासी कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरुको उपस्थिति थियो।

सम्बन्धित समाचार

सुनसरी घटनामा गोली लागेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु
सुनसरी घटनामा गोली लागेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु
  • २०८१ जेष्ठ २२, १६: ४३

काठमाडौं : सुनसरीको देवानगन्ज गाउँपालिका-३, कप्तानगन्जमा आइतबार राति भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक युवकको...

सिरहाको गोलबजार र धनुषाको जनकपुरमा कर्फ्यु आदेश जारी
सिरहाको गोलबजार र धनुषाको जनकपुरमा कर्फ्यु आदेश जारी
  • २०८१ जेष्ठ २२, १६: ४३

जनकपुरधाम : जनकपुरमा बढ्दो तनाव र स्थिति नियन्त्रणबाहिर जाने जोखिमलाई मध्यनजर गर्दै धनुषा प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।...

सुनसरी घटनाबारे प्रचण्डको प्रश्न- गोली चलाउनुपर्ने अवस्था थियो ?
सुनसरी घटनाबारे प्रचण्डको प्रश्न- गोली चलाउनुपर्ने अवस्था थियो ?
  • २०८१ जेष्ठ २२, १६: ४३

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले अघि बढाएको संविधान संशोधन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले...