भाजपा नेतृत्वको गठबन्धन एनडिएलाई बहुमत, तेस्रो पटक प्रधानमन्त्री बन्दै मोदी – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper
मोदीको घट्दो क्रेजः भाजपा एक्लैले ल्याएन बहुमत, कसको कति सिट? (सूचीसहित)

भाजपा नेतृत्वको गठबन्धन एनडिएलाई बहुमत, तेस्रो पटक प्रधानमन्त्री बन्दै मोदी

काठमाडौं। विश्वको सबैभन्दा ठूलो संसदीय निर्वाचनको रुपमा हेरिएको भारतमा लोकसभा निर्बाचनबाट वर्तमान प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी नेतृत्वको दलिय गठबन्धनले बहुमत ल्याएको छ।

पाँच सय ४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)को क्रेज भने सन २०१४ र २०१९ को भन्दा घटेको छ। यो पटक भाजपाले २ सय ४० सिटमा चित्त बुझाउनु पर्यो। भाजपाका एक उम्मेदवार उज्जैनबाट निर्विरोध निर्वाचित भइसकेका थिए।

यसअघि २०१४ मा २८२ सिट जितेको भाजपाले २०१९ मा ३०३ सिट जितेको थियो ।अघिल्ला दुई निर्वाचनमा एक्लै बहुमत ल्याएको भाजपाले यो पटक भने गठबन्धन दलको साथ, सहयोग र समर्थन बिना सरकार चलाउन सक्दैन ।

भारतमा सरकार बनाउन २७२ जना सांसदको समर्थन चाहिन्छ। भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए)ले २ सय ९२ सिट जितेको भारतको निर्वाचन आयोगले जनाएको छ।

एनडिएको विपक्षी भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) ले दुई सय २४ सिटमा जित हासिल गरेको छ। काग्रेसले ९९ सिट जितेर प्रमुख प्रतिपक्षी दलको मान्यता पाएको छ भने उत्तर प्रदेशमा बढी प्रभाव रहेको समाजवादी पार्टीले ३७ सिट, द्रविड़ मुन्नेत्र कड़गम (डिएमके) २२ सिट, तृणमूल काङ्ग्रेस २९ सिट, शिवसेना (उद्धव वालासाहेव ठाकरे) ९ सिट, एनसीपी (सपा) ले आठ सिटमा जित हासलि गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक वनारसबाट चुनाव जिते। कांग्रेस नेता राहुल गान्धीले राय–बरेली र वायनाडमा जित निकाले। उत्तर प्रदेशमा भाजपालाई ठूलो धक्का लागेको छ। उसले अघिल्लो चुनावमा ६४ सिट जिजेकोमा यो पटक ३३ सिटमा चित्त बुझाउनु पर्यो। समाजवादी पार्टीले यहाँ ३७ सिट ल्यायो।

छ हप्ताको अवधिमा सात चरणमा सम्पन्न लोकसभा निर्वाचनमा करिब ६४ करोड २० लाख जनताले मतदान गरेका थिए।

प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपा नेतृत्वको एनडीएले लगातार तेस्रो सरकार बनाउने बताएका छन्। लोकसभा चुनावको नतिजापछि यहाँ भाजपा केन्द्रीय कार्यालयमा पार्टी कार्यकर्ता र नेताहरूलाई प्रधानमन्त्री मोदीले भने, ‘जनताले भाजपा र राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) लाई विश्वास गरेका छन्।’

उनले सन् १९६२ पछि पहिलो पटक दुई कार्यकाल पूरा गर्ने सरकारले लगातार तेस्रो कार्यकाल पाएको छ दशकपछि ‘नयाँ इतिहास’ रचिएको धारणा राखे।

भारतमा कुन दलले कति सिट जिते?

बिजेपीको एनडीए गठबन्धन                    २९२

आईएनएस इण्डिया गठबन्धन                  २३४

अन्य साना दल र स्वतन्त्र                          १७

निर्वाचित राजनीतिक दलहरु
१ भारतीय जनता पार्टी (बिजेपी)                २४०
२ भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी)        ९९
३ समाजबादी पार्टी (एसपी)                       ३७
४ अल इण्डिया त्रिणमुल कांग्रेस (एआईटीसी) २९
५ द्रविड मुन्नेत्र कड़गम (डीएमके)             २२
६ तेलगु देशम पार्टी (टीडीपी)                   १६
७ जनता दल युनाईटेड (जेडीयु)               १२
८ शिव सेना (उद्धव वालासाहेव ठाकरे) (एसएचएसयुबीटी) ९
९ राष्ट्रिय कांग्रेस पार्टी (शरदचन्द्र पावर)    ८
१० शिव सेना (एसएचएस)                        ७
११ लोक जनशक्ति पार्टी (रामविलास) (एलजेपीआरभी) ५
१२ युवाजन श्रमिक रिथु कंग्रेस पार्टी (वाईएसआरसीपी)४
१३ राष्ट्रिय जनता दल (आरजेडी)               ४
१४ कम्युनिष्ट पार्टी अफ इण्डिया (माक्र्सवादी)४
१५ इण्डियन युनियन मुश्लिम लिग (आईयुएमएल) ३
१६ आम आद्मी पार्टी (एएएपी)                   ३
१७ झारखण्डमुक्ति मोर्चा (जेएमएम)         ३
१८ जनसेना पार्टी (जेएनपी)                       २
१९ कम्युनिष्ट पार्टी अफ इण्डिया (माले लिवरेसन) (सीपीआई एम एल) २
२० जनता दल (सेकुलर) (जेडीएस)           २
२१ विदुथालाई चिरुथाइगल काची (भीसीके)२
२२ कम्युनिष्ट पार्टी ईण्डिया (सीपीआई)     २
२३ राष्ट्रिय लोक दल (आरएलडी)              २
२४ जम्मु एण्ड काश्मिर राष्ट्रिय सम्मेलन (जेकेएन) २
२५ युनाईटेड पिपुल्स पार्टी लिबरल (युपीपीएल) १
२६ असोम गण परिषद (एजीपी)               १
२७ हिन्दुस्तानी अवाम मोर्चा (सेकुलर) (एचएएमएस) १
२८ केरला कंग्रेस (केईसी)                        १
२९ रिभोलुसनरी सोसलिष्ट पार्टी(आरएसपी)  १
३० राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)          १
३१ भ्वाइस अफ द पिपुल पार्टी (भीओटीपीपी)१
३२ जोरम पिपुल्स मुभमेन्ट (जेडपीएम)      १
३३ शिरोमणि अकाली दल (एसएडी )        १
३४ राष्ट्रिय लोकतान्त्रिक पार्टी (आरएलटीपी)  १
३५ भारत आदिवासी पार्टी                         १
३६ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)१
३७ मरुमलार्ची द्रविड मुन्नेत्र कड़गम (एमडीएमके) १
३८ आजाद समाज पार्टी (काशीराम) (एएसपीकेआर) १
३९ अपना दल (सोनेलाल) (एडीएएल)       १
४० एजेएसयु पार्टी (एजेएसयुपी)                १
४१ अल इण्डिया मजलिस ई–इत्तेहादुल     १
४२ मुस्लिमिन (एआईएमआईएम)             १
४३ स्वतन्त्र (आईएनडी)                            ७

(एजेन्सीको सहयोगमा)

 

सम्बन्धित समाचार

सुनसरी घटनामा गोली लागेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु
सुनसरी घटनामा गोली लागेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु
  • २०८१ जेष्ठ २३, १६: ००

काठमाडौं : सुनसरीको देवानगन्ज गाउँपालिका-३, कप्तानगन्जमा आइतबार राति भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक युवकको...

सिरहाको गोलबजार र धनुषाको जनकपुरमा कर्फ्यु आदेश जारी
सिरहाको गोलबजार र धनुषाको जनकपुरमा कर्फ्यु आदेश जारी
  • २०८१ जेष्ठ २३, १६: ००

जनकपुरधाम : जनकपुरमा बढ्दो तनाव र स्थिति नियन्त्रणबाहिर जाने जोखिमलाई मध्यनजर गर्दै धनुषा प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।...

सुनसरी घटनाबारे प्रचण्डको प्रश्न- गोली चलाउनुपर्ने अवस्था थियो ?
सुनसरी घटनाबारे प्रचण्डको प्रश्न- गोली चलाउनुपर्ने अवस्था थियो ?
  • २०८१ जेष्ठ २३, १६: ००

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले अघि बढाएको संविधान संशोधन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले...