विराटनगर विरुद्ध ओपनर विनोदको अर्धशतकमा सुदुर पश्चिमद्धारा १५६ को लक्ष्य प्रस्तुत – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

विराटनगर विरुद्ध ओपनर विनोदको अर्धशतकमा सुदुर पश्चिमद्धारा १५६ को लक्ष्य प्रस्तुत

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमबाट निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५५ रन बनाएको हो ।सुदूरपश्चिमबाट ओपनिङमा आएका विनोदले ५२ बलमा ६३ रन बनाए । उनले तीन चौका र दुई छक्का प्रहार गरे । प्रतियोगिताको दोस्रो संस्करणमा विनोदको यो दोस्रो अर्धशतक हो । विनोदलाई १९औँ ओभरको अन्तिम बलमा प्रतिश जिसीले साम हेजलेटबाट क्याच गराएका थिए ।

सेल्डन ज्याक्सनले ११ बलमा दुई चौका र एक छक्कासहित २० रन जोडे । हर्मित सिंहले १४ र इशान पाण्डेले १३ रन बनाए । १२.५ ओभरमा इशानलाई विराटनगरका नरेन भट्टले ‘लङ अन’ मा उत्कृष्ट क्याच गर्दै पभेलियन पठाएका थिए । साम हेजलेटको बलिङमा नरेनले इशानको प्रहारलाई एक हातले बाउन्ड्री बाहिरबाट हावामा समात्दै पुनः बाउन्ड्रीभित्रबाट क्याच लिएका थिए ।

आरिफ सेखले १३ बलमा दुई चौका र एक छक्कासहित २० रन थपे ।कप्तान दीपेन्द्रसिंह ऐरीले भने तीन रनमात्र बनाउन सके । बसिर अहमेदले गरेको १३।३ ओभरमा ऐरीलाई मर्चेन्ट डी लांगे र विकेटकिपर लोकेश बमले रनआउट गरेका थिए ।

विराटनगरका मर्चेन्ट डी लांगे र प्रतिश जिसीले दुई–दुई विकेट लिए । सूर्य तामाङ र साम हेजलेटले समान एक विकेट लिए ।यी दुई टिम लिग चरणमा भिड्दा सुदूरपश्चिमको अपराजित यात्रामा विराटनगरले ब्रेक लगाएको थियो । लिग चरणमा सुदूरपश्चिमले प्रस्तुत गरेको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमै चार विकेटमात्र गुमाएर भेट्टाएको थियो ।

लिगमा सुदूरपश्चिमले पहिलो र विराटनगरले दोस्रो स्थान सुनिश्चित गरेका थिए । सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोड्दा विराटनगरले १० अंक जोडेको थियो । आजको खेलमा जित निकाल्ने टिमले सोझै प्लेअफमा स्थान पक्का गर्नेछ ।

सम्बन्धित समाचार

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०८२ मंसिर २३, १८: २७

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...

हाकिमलाई रिझाएर होइन, काम र नतिजाको आधारमा निष्पक्ष मूल्याङ्कन हुने प्रणाली बनाइनेछ: गृहमन्त्री सुधन गुरुङ
हाकिमलाई रिझाएर होइन, काम र नतिजाको आधारमा निष्पक्ष मूल्याङ्कन हुने प्रणाली बनाइनेछ: गृहमन्त्री सुधन गुरुङ
  • २०८२ मंसिर २३, १८: २७

काठमाडौँ— गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक...

प्रहरी संगठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री गुरुङ
प्रहरी संगठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री गुरुङ
  • २०८२ मंसिर २३, १८: २७

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको बताएका छन् । ७१औं...