
काठमाडौं । आगामी बैशाख १६ बाट देशभर प्रर्दशनमा आउन लागेको चलचित्र ‘मन्त्र’को टे«लर सार्वजनिक भएको छ । प्रेम र विछोडको धारमा बनेको चलचित्रको निर्देशन खिलबहादुर तामाङले गरेका हुन् भने सुरेश कार्की, रविराज कार्की, शुभ श्रेष्ठ र देवेन्द्र मानन्धरको संयुक्त लगानी रहेको छ ।
कलाकार सौगात मल्ल र दीया पुनको मूख्य अभिनयमा बनेको चलचित्र नेपालको हिमाली क्षेत्रको कथा समेटिएको बताइएको छ । चलचित्रमा बुद्धि तामाङ, नमिता घिसिङ, वीरबहादुर लामा, पासाङ्ग टि शेर्पालगायतका कलाकारको बजोड अभिनय रहेको चलचित्र निर्माण पक्षले बताएको छ ।

समुन्द्र सतहबाट ५१०० मिटरको उचाईमा रहेको मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा छायांकन गरिएको चलचित्रमा परिक्षेद सेनको कथा, साम्तेन भुटिया, सुनिल निहुरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन रहेको छ ।
चलचित्रका अभिनेता मल्लले नेपाली मौलिक खालको चलचित्र बनेको बताउँदै सम्पूर्ण चलचित्र निर्माण टोलीले अथक परिश्रण गरेको बताए । चलचित्र छायांकनको समयमा निकै गाह्रो भए पनि चलचित्र राम्रो बनेको बताए । आफूले चलचित्रको लागि घोडचढी सिकेको बताए ।
यस्ताे छ ट्रेलर..
काठमाडौं । नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभुमि वोकेको काङ्ग्रेस गुटगत स्वार्थका कारण आफुलाई व्राण्ड दावि गर्ने र ईमान्दार कार्कर्तालाई रैतिको व्यवहार...
१. मुलुक कता जाँदैछ ? मुलुक फेरि नयाँ द्वन्द्वमा फस्ने खतरा बढेको छ । चाहे संविधान संशोधनको कृत्रिम बहानामा होस्...
नेपाली मुद्रण उद्योग व्यावसायको इतिहास लामो छ । गिद्धे प्रेसबाट सुरुभएको मुद्रण उद्योग हाल अत्याधुनिक डिजिटल तथा ठूला वेभ प्रिन्ट्रिङ्ग...