भरतपुर महानगरमा रेनु र चित्रसेन भारी मतले विजयी – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

भरतपुर महानगरमा रेनु र चित्रसेन भारी मतले विजयी

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा भारी मतले विजयी भएकी रेनु दाहालले आफ्नो जित नभएर सिंगौ भरतपुरको जित भएको बताएकी छन् । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन् ।

मत गन्न अझै बाँकी भएको बेला भारी मतान्तरले अग्रता लिएकी दाहलले विजय सुनिश्चित भएको समर्थकहरुले घोषणा गरेर अविरमालाले स्वागत गरेका थिए । रेनु दाहालको दोस्रो पटकको विजयी हो । महानगर प्रमुखका रूपमा एक कार्यकाल पूरा गरेकी दाहाल भरतपुर बासीका नजरमा एकदमै विकासप्रेमी मेयरका रुपमा परिचित थिइन् ।

२०३३ साल असार २२ गते चितवन शिवनगरको भीमसेन नगरमा जन्मेकी उनी पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहालकी छोरी हुन् । उनको युवाअवस्थाको अधिकाँश समय जनयुद्धमा वितेको थियो ।

पार्टीभित्र इमान र प्रतिष्ठाका लागि संघर्षरत नेतृका रूपमा स्थापित उनी माओवादी आन्दोलन सुरु भएदेखि नै कम्युनिस्ट राजनीतिमा लागेर सक्रिय भूमिका निभाएकी थिइन् ।केटाकेटी अवस्थाबाटै राजनीतिमा होमिएकी उनी माओवादी जनयुद्धका क्रममा अग्रणी भूमिका खेलेकी थिइन् ।

देशको ग्रामिण भूभागमा मात्रै होइन, प्रवास विभाग अन्तर्गतको संगठनमा रहेर पनि काम गरिसकेकी छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)’ को महासचिव हुँदै अध्यक्षको जिम्मेवारीमा रहेरसमेत काम गरिसकेकी उनी युद्धकालमा रोल्पाको सह–इन्चार्ज भएर पनि जिम्मेवारी पुरा गरेकी थिइन ।

कार्यकुशलता र जनविश्वासले उनलाई अहिले भारी मतकासाथ भरतपुर बासीले जिम्मेवारी दिएका छन् । समस्याहरूको सहज र सरल रूपमा समाधान गर्न सक्ने क्षमता राख्ने भएकै कारण भरतपुरवासीको मन जित्न सफल भएकी दाहाल भारत, चीन, बेलायत, थाइल्याण्ड, श्रीलंका, इन्डोनेसिया लगायतका देशकै विकास निर्माणलाई पच्छ्याउने जमर्कोमा रहेको स्थानीयले बताएका छन् ।

सम्बन्धित समाचार

कांग्रेसद्वारा वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा तीन दिन शोक घोषणा
कांग्रेसद्वारा वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा तीन दिन शोक घोषणा
  • २०७९ जेष्ठ १०, १०: ०५

काठमाडौं : नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय...

सर्वदलीय बैठक : सद्भाव कायम गर्न संयुक्त अपिल गर्ने तयारी, प्रधानमन्त्रीको मौनताप्रति गगन र प्रचण्डको आक्रोश
सर्वदलीय बैठक : सद्भाव कायम गर्न संयुक्त अपिल गर्ने तयारी, प्रधानमन्त्रीको मौनताप्रति गगन र प्रचण्डको आक्रोश
  • २०७९ जेष्ठ १०, १०: ०५

काठमाडौं : सुनसरीमा उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहलमा बुधबार...

शीर्षक: गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगे रवि लामिछाने
शीर्षक: गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगे रवि लामिछाने
  • २०७९ जेष्ठ १०, १०: ०५

काठमाडौँ ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेपाली कांग्रेसका वरिष्ठ नेता स्वर्गीय गोपालमान श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पण...