अयोग्य रहेका ५४८ जनाको नाम समानुपातिकको बन्द सूचीबाट हटाउन आयोगको निर्णय – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

अयोग्य रहेका ५४८ जनाको नाम समानुपातिकको बन्द सूचीबाट हटाउन आयोगको निर्णय

नयाँ विकल्प,

काठमाडौं – निर्वाचन आयोगले विभिन्न कारणले अयोग्य रहेका ५४८ जनाको नाम समानुपातिकको बन्द सूचीबाट हटाउने निर्णय गरेको छ । मंगलबार आयोगले अयोग्यता भएकाहरूको नाम बन्द सूचीबाट हटाउने निर्णय गरेको हो ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले पेस गरेको बन्द सूचीमा जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारी परेका लगायतका कारणबाट अयोग्य भएकाहरूको नाम हटाउने निर्णय गरिएको आयोगले जनाएको छ ।

राजनीतिक दलहरुले गत असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए । उक्त बन्दसूचीमाथि असोज १५ र १६ संशोधनका लागि समय दिइएको थियो । यसैगरी आयोगले असोज २३ मा बन्दसूचीमा रहेका उम्मेदवारको सूची प्रकाशित गरेको थियो भने त्यसमाथि छानबिन गरी ५४८ जनालाई बन्दसूचीबाट हटाइएको हो ।

प्रतिनिधि सभातर्फ समानुपातिकमा ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी परेको थियो । जसअनुसार प्रदेश नम्बर १ मा ३६ वटा दलका ६ सय ६१ जना, मधेस प्रदेशमा ३६ दलका ९ सय ४८, बागमती प्रदेशमा ४१ दलका ८ सय २५ जना, गण्डकी प्रदेशमा ३१ दलका ३ सय ६८ जना, लुम्बिनी प्रदेशमा ३२ वटा दलबाट ६ सय ५७ जना, कर्णाली प्रदेशमा २८ वटा दलबाट २ सय २२ जना र सुदूर पश्चिम प्रदेशमा ३४ दलबाट ३ सय ७६ जनाको उम्मेदवारी परेको थियो ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
  • २०७९ कार्तिक ८, १८: ३०

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...

रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
  • २०७९ कार्तिक ८, १८: ३०

काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
  • २०७९ कार्तिक ८, १८: ३०

काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...