अमेरिकामा आज संसदीय निर्वाचन – Naya Bikalpa
August 4, 2026, Tuesday      Epaper

अमेरिकामा आज संसदीय निर्वाचन

एजेन्सी । अमेरिकामा आज मंगलबार संसदीय निर्वाचन हुँदैछ । यो निर्वाचनबाट प्रतिनिधि सभाका सबै ४३५ सदस्य र माथिल्लो सदन सिनेटका एक सय सदस्य मध्ये ३५ जना चुनिनेछन् ।

यो निर्वाचनबाट विपक्षी रिपब्लिकन पार्टीले प्रतिनिधि सभामा बहुमत ल्याउने प्रक्षेपण गरिएको छ भने सिनेट भने कसको कब्जामा पुग्छ भन्न सकिने अवस्था नरहेको जनाइएको छ ।

मतदातकै दिनसम्म राष्ट्रपति जो बाइडेनसहित पूर्व राष्ट्रपति बाराक ओबामा सत्तारुढ डेमोक्रेट पार्टीको प्रचारमा जुटेका छन् भने रिपब्लिकनका चुनावी र्‍यालीहरुको अगुवाइ पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले गरेका छन् ।

राष्ट्रपतिको कार्यकालको पहिलो वर्षको आखिरीतिर मिडटर्म निर्वाचन हुने भएकाले अमेरिकामा यो चुनावलाई राष्ट्रपतिको लोकप्रियता मापनको माध्यम पनि मान्ने गरिएको छ।

सम्बन्धित समाचार

आज बस्दै प्रतिनिधिसभा बैठक, भूमिहीन र सुकुम्बासीको मुद्दा प्रमुख एजेन्डामा
आज बस्दै प्रतिनिधिसभा बैठक, भूमिहीन र सुकुम्बासीको मुद्दा प्रमुख एजेन्डामा
  • २०७९ कार्तिक २२, ०९: ००

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा सरकारका तर्फबाट विभिन्न महत्वपूर्ण...

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७९ कार्तिक २२, ०९: ००

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ...

आज प्रतिनिधिसभाको बैठक बस्दै
आज प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७९ कार्तिक २२, ०९: ००

काठमाडौं : संघीय संसद प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ। मंगलबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा...